(Friday 30th of October 2026)
`

पशु कल्याण सुनिश्चितका लागि बढ्दै एनिमल नेपालको चासो

  • सगरमाथा गन्तब्य
  • 9.2K
    SHARES

    आशा परियार नेपालगन्ज : पशु कल्याणको क्षेत्रमा बिगत १३ बर्ष देखि काम गरि रहेको एनिमल नेपालको आयोजनामा पशु कल्याण सुनिश्चित बिषयमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पशुपक्षी कल्याण सुनिश्चितका लागि मिडिया मार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन आईतवार नेपालगन्जमा एनिमल नेपालले पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको हो । पशु कल्याणकाको बिषयमा सरोकारवालाको ध्यान जान नसक्दा बे जुवान पुशुहरुले सास्ती खेप्दै आउनुपरेको आयोजकको गुनासो रहेको छ ।
    बरिष्ठ पशु चिकित्सक अतिस कुमार यादबले एनिमल नेपालले बिगत १३ बर्ष देखि पशु कल्याणका बारेमा काम गर्दै आएको बताउदै बताउनुभएको छ । पशु कल्याणका बारेमा काम गर्दै आएको एनिमल नेपालले “पशुपक्षीहरूका लागि आहारको राम्रो व्यवस्था हुनुपर्छ, राम्रो वातावरणमा बस्न पाउनुपर्छ, उसको स्वास्थ्यको ख्याल गर्नुपर्छ, जनावरहरूको व्यवहार अनुसार स्वतन्त्रत भएर बाँच्न दिनुपर्छ, कुनै पनि मानसिक तनाव दिनुहुँदैन” भन्ने पाँच कुराहरूको सुनिश्चित हुनुपर्छ भन्दै आएको उहाँले बताउनुभयो ।


    मानिसहरूले पशुपक्षीलाई दर्दनाक तरिकाले पाल्ने, मार्ने गरि राखेको गुनासो गर्दै बरिष्ठ पशु चिकित्सक अतिसले पशुपक्षीको स्वास्थ्य, जीवनका लागि काम गर्दै आएको एनिमल नेपालले विशेष गरी लुम्बिनी, काठमाडौं, ललितपुर, धादिङ, कैलाली, बाँके, लगायत जिल्लामा गएर देश भरमा रहेका बार्षिक ३ हजार बढि कुकुरहरूको बन्ध्याकरण गर्दै आएको उहाँले जानकारी गराउनुभयो । बरिष्ठ पशु चिकित्सक अतिसका अनुसार बाँकेमा मात्र एनिमल नेपालले नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा बिगत ३ बर्ष देखि नेपालगन्ज भित्र रहेको बार्षिक २ सय भन्दा बढि कुकुरहरूको बन्ध्याकरण गरिसकेको जानकारी गराउँनुभयो । पशुपक्षीहरूलाई पुच्छरमा बाधेर, झुण्ड्याएर, कोचाकोच गरी दर्दनाक तरिकाले एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा पशुहरुले खेप्नु पर्ने सास्ती बारेगुनासो गर्दै उहाँले बे जुबान प्राणीप्रति सद्भावको भावना हुनुपर्ने बताउनुभयो । मान्छे जस्तै पशुपक्षी पनि एउटा जीवित प्राणी भएकाले उनीहरूको पनि गाँस, बास, स्वास्थ्य लगायतमा ध्यान दिनुपर्नेमा एनिमल नेपालले बिशेष जोड दिएको छ । पशु स्वस्थ छ भने मात्र त्यसबाट उत्पादित वस्तु (दूध, मासु, अण्डा) स्वस्थ हुने बरिष्ठ पशु चिकित्सक अतिसले बताउदै अस्वस्थ पशुपक्षीबाट उत्पादित वस्तु खाँदा मानव जीवनका लागि हानिकारक हुने जानकारी गराउनुभयो ।


    अण्डा उत्पादन गर्ने कुखुराहरुको लागि पिँजडा मुक्त गर्ने अभियानको संयोजक मधु कट्टेलले मानिसले खाने अण्डा उतपादन गर्ने कुखुरालाई लामो समय एउटै पिँजडामा थुनेर राख्दा खान योग्य अण्डा उत्पादन नहुने बताउँदै यो अभियानमा सफल बनाउन मिडीया तथा संचारकर्मीहरुको साथको अपेक्षा गरेको बताउनुभयो । कुखुरालाई यातना सास्ती दिएर जबरजस्ती उत्पादन गरिएको अण्डा मानिसको लागि भिटामिन योग्य नहुने भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो “कुखुरा भनेको पखेट्टा फिजाएर खुल्ला रुपमा आफ्नो चारो आफै खोज्ने प्राणी हो  तर व्यापार गर्ने नाउँमा कुखुरालाई हलचल सम्म गर्ने स्थान नदिएर आजीबन जबरजस्ती अण्डा दिन लगाईन्छ । एक गर्भवती महिलालाई जतिको पोषण र आराम चाहिन्छ त्यतिनै एक अण्डा उत्पादन गर्ने कुखुरालाई पनि चाहिन्छ ।” मानिसहरूले पशुपक्षीप्रति गर्ने निर्दयी व्यवहारलाई चेतना जगाउन मिडियाको महत्वपूर्ण भूमिका हुने भएकाले पशुपक्षी कल्याण सम्बन्धी मिडीयाले प्राथमिकता दिएर कलम चलाउन संयोजक कट्टेलले आग्रह गर्नुभएको छ ।
    पशु स्वास्थ्य तथा पशु सेवा ऐन र कल्याण निर्देशिका अनुसार पशु पशुपक्षीको पालन, हेरचाह, ढुवानी तथा कल्याणका सम्बन्धमा गरेको व्यवस्थालाई संचारकर्मीको कलमले पालना गराउन सकेमात्र नेपालको पशु कल्याणको अवस्था सुधार हुने आयोजकले जनाएको छ । सरकारले मासु तथा अण्डामा नेपाल आत्मनिर्भर बनेको भनेको छ तर पशु कल्याणका बारेमा अध्ययन अनुसन्धान नगरेको तथा मौन बसेको गुनासो आयोजकले गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology