(Saturday 25th of July 2026)
`

नेपालगन्जको महोत्सबमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकार आउने

  • सगरमाथा गन्तब्य
  • 6.8K
    SHARES

    नेपालगन्ज : नेपाालगन्जमा हुने चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकार आउने भएका छन । १५ दिन सम्म संचालन रहने महोत्सवमा ५० भन्दा बढि राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरु आउने भएको आयोजक टिमले जानकारी गराएको हो ।
    नेपालगन्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ मा ५० भन्दा बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कर्णेलले जानकारी गराउँनुभयो ।
    उहाँको अनुसार महोत्सवमा चर्चित राष्ट्रिय कलाकार गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, टंक तिमिल्सेना, गायिका रेखा जोशी, ¥यापर भि–टेन, ¥यापर लाहुरे, माईला, ¥यापर मिस्टर आरजे, गायिका सृजना खत्री (हाउडे माया), गायक प्रकाश सपुत, गायिका प्रिती आले, टिका सानु, डान्सर अञ्जली अधिकारी, आरुषी मगर, रुबिना अधिकारी, गायिका शान्ती श्री परियार, मिलिना राई, बिन्दु परियार, गायक एम.टी. महर, चन्द्र शर्मा, बाल गायक सुप्रिम मल्ल, बाल गायिका कमला घिमिरे, कमेडी कलाकार भटभटे, पुतली, बल्छी, राजु माष्टर लगायत स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तिुति रहनेछ । यस्तै नेपालगन्जको महोत्सवमा अन्तरराष्ट्रिय व्यापक चचात कमाएका कलाकारभोजपुरी गायक खेसरी लाल यादवलाई ल्याउने चर्चा चलिरहेको छ । महोत्सवमा कार्यक्रमको होस्ट विजय पुन, दिप मगर र प्रेरणा गिरीले गर्ने तय भएर्को प्रचारप्रसार समितिले जनाएको छ ।
    महोत्सबमा मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिताको आयोजना गरिने भएको छ । जसमा नेपालकै उत्कृष्ट अन्तरराष्ट्रिय खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने आयोजक टिमले जनाएको छ । आयोजक टिमका अनुसार महोत्सबमा ३ सय स्टल रहने छन् जसभित्र थारु होमस्टे, थारु गाउँ पनि रहने छन् । महोत्सव भित्र टिकटक पारखीका लागि टिकटक प्वाइन्ट समेत राखिने आयोजक टिमले जानकारी गराएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology