(Friday 30th of October 2026)
`

बाल उद्यान महोत्सव परिसरमा, आजैबाट जडान कार्य सुरु

  • सगरमाथा गन्तब्य
  • 7.3K
    SHARES

    नेपालगन्ज : नेपाालगन्जमा हुन गईरहेको चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सवमा लगाईने बाल उद्यान नेपालगन्जको महोत्सव परिसरमा आईपुगेको छ । यही माघ १० गते देखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ कारकादोमा स्थित रहेको सडक डिभिजन कार्यालयको परिसरमा हुन गइरहेको महोत्सबमा लगाईने बाल उद्यान शुक्रवार नेपालगन्जको महोत्सव परिसरमा आईपुगेको हो । महोत्सबमा लगाईने बाल उद्यान मेला परिसरमा आएपछि व्यवस्थापन कार्यले थप तिब्रता पाएको आयोजक टिमले जनाएको छ । महोत्सबको लागि भारतबाट आएको बाल उद्यान भन्सारको प्रक्रिया पुरा गरेर नेपालगन्ज आईपुगेको आयोजक टिमले जानकारी गराएको छ । यतिबेला महोत्सव परिसरमा ट्रकमा ल्याइएको सामान उतार्ने कार्य भईरहेको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कर्णेलले जानकारी दिनुभयो । भन्सार प्रक्रियामा समय लागेको भएपनि सम्भावित बाल उद्यान जडानको कार्य आजै देखि थालिने उहाँले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology