नेपालगन्ज : नेपालगन्जको रामलीला मैदानमा आजदेखि लुम्बिनी प्रदेश स्तरिय माघ महोत्सव हुने भएको छ । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यले नेपालगन्जमा आयोजना गरिएको माघ महोत्सब आजदेखि हुने भएको हो ।
थारु कल्याणकारिणी सभा बाँकेको आयोजनामा आज र भोली दुई दिने माघ महोत्सवमा अन्य आकर्षणका रूपमा थारू समुदायको परम्परागत भेशभूषासहितको सांस्कृतिक प्रस्तुति, थारू विशेष खानाका प्रदर्शनी, मौलिक खानाका परिकारका प्रदर्शनी, हस्तकला सामग्री तथा थारू पहिरनको प्रदर्शनी लगायत स्थानीय झाँकीहरुको सहितको प्रद्धशनी हुने झाँकी तथा सांस्कृतिक व्यवस्थापन समितिका संयोजक भगतराम थारुले जानकारी दिनुभएको छ ।
महोत्सवमा राष्टिूय हास्य कलाकार जितु नेपाल (मुन्द्रे) लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थिती रहने संयोजक थारुको भनाई छ । उहाँका अनुसार राष्टिूय हास्य कलाकार जितु नेपाल (मुन्द्रे) लगायत ४५ बढि राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने छ । उहाँले महोत्सव हेर्न आउने दर्शकहरुलाई मनोरञ्जनका लागि राष्टिूय तथा स्थानिय कलाकारहरुले थारु पहिरनमा सांस्कृतिक नृत्य, झुला, थारु परिकारका स्टल, विभिन्न किसिमका खेल, लगायत थारु समुदायको पहिचान झल्काउने कार्यक्रमको प्रद्धशनी हुने संयोजक थारुले बताउनुभयो । कार्यक्रमका प्रमुख अथिती तथा लुम्विनी प्रदेशका पर्यटन मन्त्री डिल्ली बहादुर चौधरीले तथा बिशिष्ट अथिती पुर्व मन्त्री फत्ते सिंह थारु र समाजसेवी गोपाल दहितले आज महोत्सबको उद्घाटन गर्ने भएको संयोजक थारुले जानकारी गराउनुभयो । महोत्सवमा हरेक बिधाका उत्कृष्ट व्यक्तित्वलाई समान पनि गरिने उहाँले जानकारी गराउनुभयो ।
आज महोत्सवको पहिलो दिन थारु कला, संस्कृति झल्किने थारु भेषभुषा सहित हलो जुवा, छिट्वा, ढकिया, डेल्वा, छट्री, सहित नेपालगन्जको मुख्यबजार धम्बोझी चोक देखि निस्कने झाँकी सहितको ¥याली सेतुविक चोक, न्युरोड, त्रिबेणीमोड, त्रिभुवन चोक, सदरलाईन, भेरी अस्पताल हुदै रामलिला मैदानमा पुग्ने थारु कल्याणकारिणी सभा बाँकेले जनाएको छ । महोत्सवमा थारु परिकार ढिक्री, घोङघी, सिद्रा माछाको चटनी, आलुको अचार लागयत परिकारहरु प्रदर्शनीका साथै विक्रि वितरणको लागि राखिने भने महोत्सब हेर्न आउने दर्शकहरुलाई निःशुल्क प्रशेबको व्यवस्था गरिएको समेत आयोजक टिमले जनाएको छ ।
