(Friday 30th of October 2026)
`

नेपाल पत्रकार महासंघ बाँकेको साधारणसभामा सञ्चारकर्मीलाई सम्मान

  • सगरमाथा गन्तब्य
  • 7K
    SHARES

    नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेको १३ औं साधारणसभा सम्पन्न भएको छ । शनिवार नेपालगन्जमा नेपाल पत्रकार महासंघ बाँकेको १३ औं साधारणसभा सम्पन्न भएको हो । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पानसमा बत्ती बालेर साधारणसभाको उदघाटन गर्नुभएको थियो ।
    नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न साधारणसभाको उदघाटन सत्रमा विभिन्न विधामा कलम चलाउने सञ्चारकर्मीहरुलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।
    महासंघले रेडियो बागेश्वरी एफएमका सहायक स्टेशन म्यानेजर तथा समाचार प्रमुख एवं सदरलाईन डटकमका सम्पादक यदुराज मिश्र, सञ्चारकर्मी रेजिना मल्ल, सबिता थारु, बिवेक रेग्मी, नन्दलाल शाहु, आलम खान, लगायत जी नेपाल एजडीलाई नगत राशी सतिह पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा ३ सय बढी सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology