(Friday 30th of October 2026)
`

नीलसागरलाई मिलन केन्द्रको सहयोग

  • सगरमाथा गन्तब्य
  • 6.4K
    SHARES

    नेपालगन्ज, १८ पुष : कर्मचारी मिलन केन्द्र बाँकेले नेपालगन्जस्थित नीलसागर असहाय, असक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई न्यानो कपडा, खाद्यान्न र नगद सहयोग गरेको छ । केन्द्रका संरक्षक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, मिलन केन्द्रका अध्यक्ष खडानन्द अधिकारी, उपाध्यक्ष गोविन्दप्रसाद पाण्डे, सचिव कृष्ण पुन, कोषाध्यक्ष अमित भुषण र सदस्य सन्तोष दहाल सोमबार आश्रममै पुगेर उक्त सहयोग गरेका हुन । नीलसागरमा रहने सहयोगापेक्षीहरुको आश्रमका लागि निर्माण भइरहेको भवनका लागि ३० हजार १११ र खाद्यन्न तथा न्यानो कपडा हस्तारन्तरण गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले बेसहाराको दुख र पीडामा होष्टेमा हैसे तथा हातेमालो गर्ने अभिप्रायले संकलन गरेको रकम र खाद्यान्न सहयोग गरेको बताए । कर्मचारी मिलन केन्द्रले यसअघि पनि नेपालगन्जमै संचालित मानवसेवाआश्रलाई ५० हजार बराबरको सहयोग गरेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology