नेपालगन्ज : नेपालगन्जमा प्रदेश स्तरिय महोत्सव हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रालि बाँकेको सयुक्त आयोजनामा यही माघ १० गतेदेखि २४ गतेसम्म प्रदेश स्तरिय महोत्सव हुने भएको हो । समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पुर्वाधार भन्ने मुल नाराका साथ प्रादेशिक स्तरिय नेपालगन्ज व्यापार लघु, घरेलु, कृषि तथा पर्यटन महोत्सव २०७९ हुने भएको आयोजक समितिले आज पत्रकार सम्ेमलन गरि जानकारी गराएको छ ।

महोत्सवका मुख्य आकर्षक भने यस क्षेत्र कै पहिलो पटक कुस्ती प्रतियोगिता हुने आयोजक समितिका संयोजक मधु खड्काले जानकारी गराउनुभयो । कुस्ती प्रतियोगितामा इन्टरनेशनल खेलाडी दावा थापाको समेत सहभागिता रहने खड्काले जनाउनुभयो । महोत्सव भित्र थारु गाउँ समेत हुने आयोजक टिमले जनाएको छ । यस्तै टिकटक पारखीका लागि महोत्सव भित्र टिकटक प्वाईन्ट समेत राखिने छ भने राष्ट्रिय तथा स्थानिय ५० बढि कलाकारको प्रस्तुती रहने छ ।
१४ दिनसम्म संचालन हुने महोत्सवमा १ लाख बढि दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजक टिमले जनाएको छ । महोत्सवमा प्रजेशका लागि ६० रुपैया टिकट राखिएको छ भने विद्यार्थीका लागि ५० रुपैया प्रवेश शुल्क राखिएको अध्यक्षले जानकारी गराउनुभयो । महोत्सवको उद्घाटनका दिन धम्बोझी चोकदेखि महोत्सव स्थलसम्म भव्य झाँकी सहितको ¥याली निकालिने आयोजक टिमका अर्का संयोजक भक्त बहादुर थापाले जानकारी गराउनुभयो । महोत्सवमा १२ जिल्लाका उद्यमी तथा स्थानियले उत्पादन गरेको बस्तुलाई पहिलो प्रथामिकता दिईने समेत आयोजकले जनाएको छ । महोत्सवमा ३ सय स्टल राखिने छ ।
