(Friday 30th of October 2026)
`

नेपालगन्जको रानी तलाउमा पूर्वाधार विकासको खाँचो

  • सगरमाथा गन्तब्य
  • 11.2K
    SHARES

    आशा परियार – नेपालगन्ज : पर्यटकिय व्यवसायका लागि चर्चामा रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ अन्तर्गत रहेको रानी तलाउलाई पूर्वाधार विकासको खाँचो देखिएको छ ।
    नेपालगन्जै मुटु मानिने (त्रिभुवन चोकदेखि पूर्वमा नजिकै) रहेको रानी तलाउमा बालबाटिका र बोटिङ विहारले पर्यटकिय व्यवसायका लागि चर्चामा रहेतापनि तलाउलाई पूर्वाधार विकासको खाँचो देखिएको हो । तलाउ नजिकै रहेका तरकारी बजार, महेन्द्र मा.बि, मंगल प्रसाद मा.बि, लगायतका मानिसहरुलाई यस तलाउले व्यस्त बनाउने गरेको छ । २२ लाख ७८ हजार लागतमा पुनःनिर्माण गरिएको रानी तलाउमा पर्यटन आर्कषणमा कमि आएको देखिन्छ । मनोरञ्जनका लागि बालबालिकादेखि बृद्धसम्मका मानिसहरु अवलोकन गर्न आउने यस थलोमा पूर्वाधार विकास योजना ल्याउन नसकिएकोले पर्यटकिय व्यवसायमा न्यून देखिएको स्थानीय बताउँछन् । रानी तलाउ घुम्न आएका मानिसहरुका कारण आसपासका बजारहरुमा व्यापार बढ्ने गरेकोले स्थानीयले तलाउलाई पूर्वाधार विकासको खाँचो रहेको दर्साएका हुन् । बिद्यालयबाट बिदा भएपछि दैनिक १० रुपैया शुल्क तिरेर मनोरञ्जनका लागि तलाउ घुम्न आउने गरेको स्वदेशी पर्यटक रेनुका बिश्वकर्माले बताउनुभयो । यहाँ आएपछि माछाहरु हेर्न पाइने र पिंङ्गको आनन्द लिन पाईने उहाँले बताउनुभयो ।
    यहाँ खेल्न आएपछि आफ्नो बाल्यकालको सम्झना आउने गरेकोले नियमित आउने गरेको उहाँले बताउनुभयो । यस्तै अर्को स्वदेशी पर्यटक कञ्चन कुमारी चौधरीले बोटिङ्ग, पिंङ्ग, पार्कहरुमा खेल्न रमाईलो लाग्ने भएकाले समय मिलाएर बेला बेलामा आउने गरेको बताउनुभयो ।


    रानी तलाउ अवलोकनका लागि बार्षिक ९० हजारको हाराहारीमा मानिस अवलोकन गर्न आउने गरेको रानी तलाउका कर्मचारी दिपक खरालले बताउनुभयो । उहाँले रानी तलाउमा आसपासका स्थानीय मात्र नभई भारतबाट समेत पर्यटकहरु मनोरञ्जनका लागि घुम्न आउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार कोभिडको माहामारी पछि तलाउ व्यवसायमा न्यून भएको छ । कोभिड पहिले मानिसको भिडले भरिभराउ हुने तलाउ कोभिड यता कहिले मानिष आउने त कहिले नआउने गरेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ “ पहिले भीडले भरिने तलाउ अहिले व्यापार छैन । बार्षिक ५ लाख नगरपालिकालाई तलाउ संचालन गरे बापतको राजस्व लग्ने गरेको छ ।
    तलाउमा थप आर्कषित पिङ्ग, चिप्लेटी लगायत तलाउलाई आश्यक पर्ने सामाग्रीको खाचो रहेको उहाँले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष बिवेक बाजपेईले बाँकेमा चर्चित रुपमा रहेको रानी तलाउ आफ्नै वडामा भएकोले यसलाई व्यवस्थित गर्न अति आवश्यक रहेको बताउनुभयो । करिब ५ बर्ष अगाडी नेपालगन्ज उपमहानगरपालिकाका निर्बतमान प्रमुख डा.धवल शम्शेर राणाको नेतृत्वमा पुर्नःनिर्माण गरिएको रानी तलाउ पार्कका सामाग्री पुरानो भएर जीर्ण भएको उहाँले बताउनुभयो ।


    रानी तलाउमा पर्यटनलाई बढाउन अझँ थप सौन्दर्यकरण गर्नुपर्ने उहाँले बताउनुभयो । पर्यटकीय गन्तव्यका रूपमा विकासका लागि सौन्दर्य बढाएमा पर्यटकीय आकर्षक गन्तव्य बन्न सक्ने वडाअध्यक्ष बाजपेईले औल्याउदै रानी तलाउको लागि थप योजना ल्याउने बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology