(Friday 30th of October 2026)
`

पार्टीको निर्देशनमा रहेर काम गर्ने छु : नव निर्वाचित संसद दिपा शर्मा रुपाखेती

  • सगरमाथा गन्तब्य
  • 8.3K
    SHARES

    नेपालगन्ज : नेकपा एमालेका केन्द्रिय सदस्य, बाँकेका सह इन्चार्ज नव निर्वाचित संसद दिपा शर्मा रुपाखेतिले सपथग्रहण लगत्तै आफ्नो गृह जिल्ला बाँकेमा प्रबेश गरी पार्टीको निर्देशनमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
    उहाँले बाँके जिल्ला प्रबेशको सुरुवात मै कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको शालीकमा माल्यार्पण गर्दै क्रममा पार्टीले दिएको जिम्मेवार र पार्टीको निर्देशन अनुसार आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
    नेपाल कम्युनिष्ट पार्टी २००६ सालमा स्थापना भएको स्मरण गर्दै संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाइ सम्झीने क्रममा पार्टीले दिएको जिम्मेवार र पार्टीको निर्देशन अनुसार आफुले काम गर्ने ध्यय रहेको उहाँले बताउनुभयो ।
    नेकपा एमाले पार्टी कार्यालयमा आयोजना गरीएको चियापान कार्यक्रममा सरिक भै नेता कार्यकर्ताको विच नेकपा एमाले लुम्बिनी प्रदेशमा पहिलो पार्टी भएका कारण एमालेको नेतृत्वमा सवै पार्टीका जनप्रतिनीधीलाई संगै हातेमालो गरेर बिकासमा जुट्ने जानकारी गराउदै पार्टीको निर्देशनमा रहेर आफुले काम गर्ने उहाँले बताउनुभयो ।
    नेकपा एमाले पार्टी कार्यालयमा आयोजना गरिएको चियापान कार्यक्रममा बोल्दै नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले पार्टीको हितमा रहेर काम गर्ने उजाँ र प्रेरणा मिलोस भन्दै उँहालाइ सम्मान तथा बधाइ ज्ञापन गर्नुभयो । उक्त कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटिका सदस्यहरु अछरी पोखरेल, बलिभद्र पुन जिल्ला कमिटि सदस्यहरु सरला विष्ट, मिना ढकाल, अनिता थापा, सुमन गिरी, उषा भण्डारी, मिन बहादुर मल्ल, नेकपा एमाले नगर कमिटिका सचिव मोहित शाह, वडा सदस्य रामचन्द्र तिवारी, मैया तिवारी र युवाहरु लगायतले खादा र अविर लगाएर सम्मान गरेका थिए ।
    पार्टी कार्यालयको भेटघाट पछि नेकपा एमालेका नेता पुर्व मन्त्री स्व. दिनेश चन्द्र यादवको शब समाधि स्थल नरैनापुरमा पुगेर माल्यार्पण गदै स्व.यादवले देखाएको बाटोमा हिड्ने नवनिर्वाचित संसदले बताउनुभयो । नरैनापुरको विकासलाइ ध्यानमा राखेर काम समेत गर्ने उहाँले बताउनुभयो । नव निर्वाचित संसद दिपाले ेनिर्वाचनका बेला बोकेका एजेण्डा महेन्द्र बहुमुखी क्याम्पस आफुले पढेको शिक्षा पाएको स्थान भएका कारण स्तरउन्नति, पुष्पलालको शालिकलाइ रङरोगन, भेरी अस्पतालको प्रसुतिगृहको स्तरउन्नती लगायतका कामलाइ तुरुन्तै गर्ने जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology