(Saturday 25th of July 2026)
`

नेपालगन्ज म्याराथनको सबैभन्दा कान्छो धावक विधानलाई हौसला पुरस्कार

  • सगरमाथा गन्तब्य
  • 10K
    SHARES

    नेपालगन्ज : आठौं धारा म्याराथन प्रतियोगिताको किड्स रेस हौसला प्रदान पुरस्कार विधान ओलीलाई प्रदान गरिएको छ । ४२० मिटर दौंडको सवैभन्दा कान्छो उमेर समुहका ओलीलाई हौसला प्रदान गरिएको हो । ओलीको जर्सी नं. १६३३ थियो । ४ वर्ष २ महिना २ दिन उमेरका विधान ओली कान्छा धावकको रुपमा नेपालगन्ज म्याराथनमा भाग लिनुभएको छ । विधान आफु भन्दा धेरै उमेरका सयौं सहभागि धावकहरु सँगँसँगै दौड्न हिच्किचाउनुभएन् । निरन्तर उहाँको दौडले दर्शक अचम्मीत भए ।


    विधानले दौडीरहेका साथीहरुको भिडलाई छिचोल्दै अगाडि बढ्ने कोशिस गरेर ४ सय २० मिटर दौडन सफल भए । विधानको अनुहारमा चमक, शरिरमा स्फुर्ती अन्तिम क्षणसम्म रहि रहयो उनले गोल्डेन गर्ल हाफ म्याराथन बिजेता सन्तोषी श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्यद्वय एलवी क्षेत्री र सुमित्रा चौधरीसँग फोटो पनि खिच्न भ्याए । आयोजकले उनको प्रयासको कदर गर्दै हौसला अवार्ड प्रदान पुरस्कारले सम्मान ग¥यो । नेपालगन्जमा हरेक वर्ष मङ्सिर पाँच गते आयोजना गरिँदै आएको म्याराथन यसवर्ष प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण दुई साता पर धकेलिएको ठकुरीले बताए । प्रतियोगिता क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology