(Friday 30th of October 2026)
`

बाँकेका जनप्रतिनीधिलाई शुभकामना तथा बधाई

  • सगरमाथा गन्तब्य
  • 10K
    SHARES

    नेपालगन्ज : मंसिर ४ गते सम्पन्न प्रतिनीधिसभा तथा प्रदेशसभा निर्वाचन बाँकेबाट निर्वाचित भएका उम्मेद्वारहरुका लागि नेपालगन्जमा बधाई तथा कार्यकाल सफलताको शुभकामना प्रदान गरिएको छ । सोमवार पर्यटन प्रर्वद्धन मञ्च बाँकेले नवनिर्वाचित जनप्रतिनीधिहरुका सुभकामना तथा बधाई ज्ञापन कार्यक्रमको आयोजना गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना प्रदान गरेको हो । विभिन्न ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक, जैविक एवं प्राकृतिक र सम्भावना नै सम्भावना बाँके जिल्ला रहेकोले यसको संरक्षण गर्ने कुरामा जनप्रतिनीधिको ध्यान जान नसक्दा बाँके जिल्ला अरु भन्दा बिकासमा हेपाह भएको आयोजक टिमले औलाएका छन् । पर्यटन प्रर्वद्धन मैत्री बाँके बनाउन नसकेकोले यहाँको राष्ट्रिय निकुञ्ज, तालतलैया, मठमन्दिर, पार्क, जस्ता थुप्रै स्थान हेपाहमा परेको उनिहरुले दाबि गरेका छन् । बाँके क्षेत्र नं २ प्रतिचनीधिसभा सदस्यकामा लोकप्रिय मत ल्याएर बिजयी हुनुभएको डा. धवल शम्शेर राणाले मन्तव्य राख्दै अबको ५ वर्षमा पर्यटन प्रर्वद्धनलाई जोड् दिदै आफ्नो क्षेत्र लगायत समग्र बाँकेलाई नै समृद्ध बनाउन केही कसर नछोड्ने बताउनुभयो । बाँकेलाई एक स्वच्छ, सुन्दर र समृद्ध बाँके निर्माणका लागी निजी क्षेत्रसंग सहकार्य गरी विस्तृत योजनाका साथ लगायत आफ्नो टिम अगाडि बाँड्ने र बाँकेलाई नेपाल कै पहिलो अर्गानिक नमुना जिल्लाको रुपमा विकास गरेर स्थापित गर्ने े प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    बाँकेको समग्र पर्यटन विकासमा एकजुट हुनुपर्नेमा जुट भएर लुम्बिनी, चितवन र पोखरा घुम्न आउने पर्यटकलाई बाँकेको पनि गन्तव्य बनाउन आवश्यक पर्यटकीय पूर्वाधार विकासका लागि आफ्नो मुख्य पहल रहने बताउनुभयो । बाँके क्षेत्र नं ३ प्रतिनीधिसभा सदस्यमा जनताको मन जितेर बिजयी हुनुभएको किशोरसिंह राठोरले बाँकेको बिकासमा एजेण्डालाई राजनिती एजेण्डा न बनाएर स्वच्छ रुपले बाँकेवासीको बिकासमा जुट्ने बताउनुभयो । ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक, जैविक एवं प्राकृतिक विविधताको प्रचूरता पर्याप्त रहेकोले भन्दै उहाँले पर्यटन प्रवद्र्धनका लागि आफ्नो क्षेत्रको जनप्रतिनीधि मिलेर अघि बढ्नुने प्रतिबद्धता जनाउनुभयो ।
    जनप्रतिनीधिलाई सुभकामना तथा बधाई पर्यटन प्रर्वद्धन मञ्चले बाँकेलाई पर्यटन प्रर्वद्धन बनाउन १२ बुदे मुद्दाहरुमा ध्यानार्कषण गराएको छ । जस्मा पर्यटनमैत्री कानुन, लगानीमैत्री वातावरण, बाँके राष्ट्रिय निकुञ्जको बजारीकरण, नेपालगन्ज बिमानस्थलको स्तरोन्नति गर्दै अन्तर प्रदेश हवाई तथा मित्र राष्ट्र भारतको राजधानी दिल्ली र अन्य सहरहरुसंग हवाई कनेक्टिभिटी, स्थापनाका लागि ठिक्क अवस्थामा रहेको पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (एनएटीएचएम) निर्माण तथा सञ्चालनमा तदारुकता, बहुलक्षित संग्रहलयको निर्माण, जिल्लामा रहेका पहिचान भैसकेका पर्यटकीय गन्तब्यहरुको बिकास र प्रर्वद्धनमा जोड् । नयाँ गन्तब्यको अध्ययन खोज र लगानीको वातावरण, कृषि पर्यटनमा जोड र पकेट क्षेत्रमाहरुको निमार्ण तथा घोषणा, खेल पर्यटनमा जोड दिदै आवश्यक नीतिगत तथा बजेट पैरवी लगायत १२ बुदे मुद्दामा ध्यानार्कषण गएाका थिए । बाँकेका अध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बाँके क्षेत्र नं २ क प्रदेशसभा सदस्यमा निर्वाचित भण्डारीलाल अहिर (यादब), बाँके क्षेत्र नं ३ क प्रदेशसभा सदस्यमा निर्वावाचित रत्न खत्री, बाँके क्षेत्र नं ३ ख प्रदेशसभा सदस्यमा निर्वावाचित बादसाह कुर्मी लगायतका नवनिर्वाचित जनप्रतिनीधिले मन्तब्य सहित आ आफ्ना प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology