नेपालगन्ज : नेपालगन्जमा ५ औं मेयरकप साइकल दौड प्रतियोगिता हुने भएको छ । नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा शनिवार ५ औं मेयरकप साइकल दौड प्रतियोगिता हुने भएको हो ।
साईक्लिंगलाई खेलकुद, स्वास्थ्य पर्या–पर्यटनकासंगै जोडेर मेयर कप “साइक्लोथन” गर्न लागिएको नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले बताउनुभयो । बिगत ५ बर्ष देखि सक्रिय रुपमा काम गरिरहेको नेपालगन्ज साइक्लिङ क्लबले बाँकेमा साइकल सम्बन्धि विभिन्न कार्यक्रम र प्रतियोगिता आयोजना गर्दै आएको उहाँले बताउनु भएको छ । ५ औं मेयरकप साइकल दौड प्रतियोगिताको तयारी पुरा भएको बताउदै शनिवार बिहान ७ बजेबाट नेपालगन्जको बिपि चौक देखि कोहलपुरको चौराह सम्म तय गरिएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिता ५ क्याटोगरिमा आयोजना हुने कार्यक्रम संयोजक प्रदिप सापकोटाले बताउनुभएको छ । उहाँको अनुसार, एमटिभी मेल ३५ किलोमीटर, एमटिभी फिमेल २५ किलोमीटर, साधारण साइकल पुरुष २० किलोमीटर, साधारण साइकल महिला १० किलोमीटर र ४० बर्ष माथिको लागि एमटिभी मास्टर क्याटोगरिमा साइकल दौड आयोजना गरिएको छ ।
प्रतियोगितामा बिजेतालाई नगद राशी सहित विभिन्न पुरस्कार प्रदान गरिनेछ भने आयोजनाको लागि नेपालगन्ज उपमहानगरपालिकासंग सहकार्य गरिएको आयोजक टिमले जनाएको छ ।
