(Saturday 25th of July 2026)
`

देश बनाउने र सिध्याउने बिच चुनाब भईरहेको छ  : उम्मेद्वार गुरुङ

  • सगरमाथा गन्तब्य
  • 8K
    SHARES

    नेपालगन्ज २५ कार्तिक : आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तातिएको छ । निर्वाचनको मिती नजिकिएसंगै उम्मेद्वारहरु बिच होडबाजी चलेको छ । राजनीतिक दल मात्र नभई स्वतन्त्र उम्मेदवारले समेत तामझामका साथ प्रचारप्रसारलाई तिब्रता दिएका छन् । निर्वाचन प्रचारप्रसारलाई तिब्रता दिदै जनताको घरदैलोमा होमिनुभएको नेकपा एमाले बाँके क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्य पदका उम्मेद्वार निरक गुरुङले देश बनाउने र सिध्याउने बिच चुनाब भईरहेको बताउनुहुन्छ । जनताले जिताए पठाएका जनप्रतिनीधिले राम्रोसंग सरकार चलाउन नसकेकोले जनताले सास्ती खेप्नु परेको भन्दैै देश बनाउने र सिध्याउने बिच चुनाब भईरहेको बताउनुभएको हो ।


    उहाँले घरदैलोमा पुग्दा पुराना नेताहरुबाट जनता सन्तुष्ट नभएको बताउनुभयो । “ बिगतका दिनमा जितेर गएका जनप्रतिनिधीबाट जनतामा उत्साह छैन । जनताले जिताए पठाएका जनप्रतिनीधिले राम्रोसंग सरकार चलाउन नसक्दा यसरी मुल्यबृद्धी भएको छ । १५ महिना अगाडी नेकपा एमाले नेतृत्वको सरकार हुदाँ ८० रुपैया पर्ने डिजेल अहिले १ सय ७९ पुगेको छ । सय रुपैया पर्ने पेट्रोल अहिले १ सय ८१, खाने चामल २५ केजीको १२ सय थियो भने अहिले १८ सय पुगेको छ । १४ सय पर्ने ग्यास सिलिन्डर १८ सय पुगेको छ उहाँले भन्नुभयो ।”
    जनताले सहि उम्मेद्वार चुन्न नसकेर दिनाहु साना भन्दा साना सामाग्रीको मुल्य आकासिदै गएको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो “अहिले देश श्रीलंकाको अवस्थामा पुग्दै छ । व्यवसायहरु धरापमा परेका छन् । व्यवसायीहरुले जग्गा राखेर ऋण लिन खोज्दा बैंकले ऋण दिन नसकेको अवस्था छ । कारोबार ठप्प छ । हिजो ७ प्रतिशत व्याजमा ऋण दिनेहरुले आज १२ प्रतिशतमा दिइरहेको छन । देश दिनाहु प्रगती तिर नभएर दुर्गति तिर धकिलिदै छ । तेसैले देशलाई बचाउन जनताले जनप्रतिनिधी प्ररिवर्तन गरि सही उम्मेद्वारलाई मतदान गर्न प्रदेशसभा सदस्य उम्मेद्वार गुरुङको आग्रह छ । यस समस्यालाई समाधान गर्न प्रतिनीधि सभा सदस्यमा हलो र प्रदेशसभा सदस्यमा सूर्यलाई मत माग्न घरदैलोमा पुग्दा जनताको एकदम समर्थन रहेको भन्दै आफु जितको नजिक पुगेको बताउनुभयो ।

    आफ्नो क्षेत्रमा पर्ने प्रत्येक वडाहरुका जनताहरुलाई घरदैलोमा पुगेर भेटेर जनताको गुनासा र समस्याहरुलाई टिपोट गर्दै आफुले उक्त समस्या समाधानका पहल गर्ने बताउनुभयो । उहाँले भन्नुहुन्छ “मत माग्न जनताको घरदैलोमा पुगेका हिजोको जनप्रतिनिधीले राम्रो काम गरेनन भनेर व्यापक छ । हाम्रो मद्दा देश बनाउने, राष्ट्र बनाउने, सरकार बनाउने चुनाब हो । यो निर्वाचनमा जनताले इमानदार मान्छेलाई जिताएर यस क्षेत्रको बिकास गर्ने हो ।” झुठा बाचा झुठा आश्वासन दिने बेमान उम्मेद्वारहरु पहिचान गरि इमानदार र सहि नेतालाई जिताउन सकेनौ चने त्यसको असर समाजले, सोझा साझा जनताले भोग्नुपर्ने प्रदेशसभा सदस्य उम्मेद्वार गुरुङले बताउनुभयो । नेकपा एमालेले जनताको हितमा ल्याका नीति र मैले गरेको काम र इमानदारिता नै मेरो जित्ने आधार हो उहाँले भन्नुभयो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology