नेपालगन्ज २१ कार्तिक : आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले बाँके क्षेत्र नं २ ख प्रदेशसभा सदस्य पदका उम्मेद्वार निरक गुरुङ मत माग्न जनताको घरदैलोमा पुग्ने गर्नुभएको छ । प्रदेशसभा सदस्य पदका उम्मेद्वार गुरुङले मतदाता सामु आफ्नो पार्टीले घोषणा पत्रमा समावेश गरिएका बिकासका ऐजेण्डा बोकेर स्थानीय समुदायको गुनासा र समस्याहरुलाई टिपोट गर्दै आफुले उक्त समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता सहित मत माग्न जनताको घरदैलोमा पुग्ने गर्नुभएको हो ।

सोमवार आफ्नो क्षेत्रमा पर्ने नेपालगन्जका विभिन्न वडाका मतदाताहरुलाई भेट्न व्यस्त रहेको उहाँ बताउनुहुन्छ । मतदाताहरु सामु आफ्नो प्रतिबद्धता वयक्त गर्दै उम्मेदवार गुरुङले बाँके आफैमा पनि धेरै क्षेत्रमा सम्भावना बोकेको क्षेत्र भएकोले यहाँको कृषि, पशुपालन तथा यवा उद्यमशीलताका लागि आफूले बिशेष पहल गर्ने बताउनुभयो । सडक बिस्तार, सहज स्वास्थ्य सुविधा, सबै वडाहरु र टोल टोलसम्म शिक्षामा पहुच बृद्धिका लागि आफ्नो भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
बाँके क्षेत्र नं २ खका स्थानीयहरुसँगको घरदैलो भेटघाटका क्रममा उम्मेदवार गुरुङले यसअघिका निर्वाचनमा पटक पटक जितेर पनि जनताको पक्षमा केही गर्न नसकेका व्यक्तिहरुबाट आजित मतदाताहरुले अहिले एमालेले घोषणा पत्र समावेश गरिएका बिकासका ऐजेण्डा सहित उम्मेदवारहरुलाई अगाडि बढाउँदा मतदाताहरु पनि खुशी भएको बताउनुभयो ।
