नेपालगन्ज : बाँकेको क्षेत्र नं. ३ का स्थानियवासी यसपटक नयाँ उम्मेद्वारलाई भोट दिएर जिताउने बताएका छन् । शुक्रवार बाँकेको क्षेत्र नं. ३ अन्तरगत पर्ने बैजनाथ गाउँपालिकाको वडा नं. १ का विभिन्न टोलमा स्थानियवासीहरुसंग अन्तरक्रिया कार्यक्रममा स्थानियले यस्तो बताएका हुन् । बाँके क्षेत्र नं. ३ का प्रतिनिधी सभाका उम्मेद्वार किस्मत कक्षपतिलाई स्थानियले मंसिर ४ गते किस्मतको किस्मत फुर्ने दिन रहेको बताएका छन् । किस्मतले स्थानियवासीको माग अनुसार काम गर्ने क्षमतावान व्यक्ति भएको हुनाले अवको निर्वाचनमा उहाँलाई साथ दिने स्थानियवासी हिक्मत खरेलले भन्नुभयो । बैजनाथ १ मा बाटो, पुलपुलेसा, शिक्षा, कृषि, खेलकुद जस्ता थुप्रै समस्या रहेको छ यसलाई प्रथामिकता दिन स्थानियवासीले किस्मत कक्षपतिलाई आग्रह गरेका थिए । हामीले धेरै नेता जितायो तर पछि फर्केर आएनन् अब किस्मतलाई पनि साथ दिएर हेर्छौ हिक्मतले भन्नुभयो ।
अरु नेतालाई जिताएर हाम्रो ठाउँको विकास भएन अब सक्षम र जुझारु नेता किस्मतलाई पनि साथ दिएर हेर्ने र विकासको बाटो खोल्ने प्रति हामी आशाबादी रहेको स्थानियवासी हरिकला बुढाले भन्नुभयो । बैजनाथको समस्या धेरै छ । अझै विकास हुन सकेको छैंन उहाँले भन्नुभयो । सडक साघुरो छ यात्रा गर्न कथिन हुन्छ यसलाई सहजता ल्याउन पहल गरे उसैलाई भोट हाल्ने बताउनुभयो । यस्तै बाँके क्षेत्र नं. ३ नेकपा एमालेका प्रतिनिधी सभाका उम्मेद्वार कक्षपतिले भने विकासका लागि स्थानियवासी ढुक्क हुनुस् यसको लागि मसंग बजेट ल्याउने सवालमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । धेरै संस्थासंग आवद्ध भई काम गरेको अनुभव दक्षता गरिसकेको व्यक्ति भएको हुनाले मसंग सबै किसिमको गुण छ यसमा मेरो क्षेत्रलाई कसरी विकास गर्ने बारे निर्धक्क हुन स्थानियवासीलाई उहाँले आग्रह गर्नुभयो ।
