नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एमाले बाँके क्षेत्र नम्बर –२ (ख) प्रदेशसभा सदस्य पदका उम्मेद्वार निरक गुरुङले मंसिर ४ मा हुने निर्वाचनमा विजय पश्चात आफुँ जनताको सेवक भएर काम गर्ने बताउनुभएको छ । आफुँ विजयी भए पश्चात शासक जस्तो नभएर जनताको सुखदुखको सारथी बन्दै जनताको सेवक भएर काम गर्ने उहाँले बताउनुभएको हो । राजनीति र जनताको सेवामा ४ दशक लामो जिवन समर्पित गर्नुभएका गुरुङ अहिले राजनीतिमा होमिनुभएको छ । उहाँले लामो समय शोषित, पीडित, गरिव, आदिवासी जनजाति, पछाडी पारिएका समुदायको लागि आवाज उठाउदै राजनीतिमा होमिनुभएको नेताको रुपमा चिनिदै आउनुभएको छ । उहाँले जनता र समुदायको उत्थानका लागि आफ्नो जिवन समर्पित गर्नुभएको छ । मन्त्री, सांसद जस्ता लोभको पदभन्दा सामाजिक, आर्थिक विभेदमा परेकाहरुको सेवा गर्नमा उहाँले ४ दशक बढि जिवन समर्पित गर्नुभएको छ ।
नेपालगन्ज जमुनाह खुला सिमा नाका भएकोले वषौदेखी छिमेकी देश भारतको रुपैडिहाबाट लाखौ करोडौ रुपैयाँको तरकारी, कपडा, खाद्यन्न सामाग्री आयत गर्नुपर्ने बाध्यता रहेकोले कृषिमा आधुनिकीकरणमा जोड दिदै स्वदेशी समाग्रीलाई बढ्वा दिने उहाँको लक्ष्यमा रहेको छ । नेपालगन्जमै स्थानीय अर्गानिक तरकारी उत्पादनको केन्द्र बनाएर नेपालगन्जलाई कृषि क्षेत्रमा नमुना बनाइ बिदेशी आयातलाई अन्त्य गर्ने उहाँको लक्ष्य रहेको छ ।
निर्वाचनलाइ लक्षित गर्दै जनताको समस्याको पहिचान गर्न जनताको घर घरमा पुग्ने गरेको बताउनुभयो । नेपालगन्जलाई नमुना शहर बनाउने उद्देश्यका साथ मेरो उम्मेद्वारी रहेको गुरुङले बताउनुभयो । आफ्नो क्षेत्रमा साईकल लेन, बाटो चौडा, पक्की सडक, पुल निर्माण लगायतका विकास योजना ल्याउने कार्यमा आफु ढुक्क रहेको जानकारी गराउनुभयो । मसंग दक्ष र काम गर्ने क्षमता रहेको हुनाले जनताको चाहना पुरा गर्ने ध्यय मंसंग रहेको उहाँले बताउनुभयो । विकासको बजेट ल्याउने सवालमा सांसदमा के कसरी बोल्नुपर्ने हो कसरी बजेट निकासा गराउनुपर्ने हो यसमा जनता ढुक्क भए हुन्छ । स्वास्थ्य क्षेत्रमा हरेक जनताको पहुँच, कृषिमा आधुनिकीकरण गरेर युवालाई स्वरोजगार बनाउने र खाडी मुलुक जाने प्रक्रियालाई न्युनिकरण गरिने, शिक्षा क्षेत्रमा प्रत्यक सामुदायिक तथा निजी विद्यालयमा नमुना बनाउने रहेको उहाँले जानकारी गराउनुभयो । चारदशकदेखि यहि क्षेत्रमा रहेर बिभिन्न समाजिक संघ संस्थासंग आबद्ध भएर काम गरेको अनुभव मसंग छ उहाँले भन्नुभयो ।
