(Friday 30th of October 2026)
`

नेपालगन्जको रामलिला मैदानमा रामलिला संचालन

  • सगरमाथा गन्तब्य
  • 9.3K
    SHARES

    नेपालगन्ज : नेपालगन्जको रामलिला मैदानमा रामलिला सुरु भएको छ । नेपालगन्जको मौलिक इतिहास बोकेको रामलिला दशैको घटस्थापनादेखि सुरु भएको हो । श्रीराम ! एउटा आस्था पुञ्जमात्रै होइन युगपूरुषका रुपमा पुज्य धार्मिक केन्द्र मानिन्छ । तिनै युगपुरुष पुरुषोत्तम भगवान श्रीरामलाई जीवन्त प्रस्तुत गर्दै मानवजीवनलाई कर्तव्यबोध गराउन नेपालगन्जमा झण्डै डेढसय वर्षदेखि एउटा अद्भूत कला प्रस्तुत हुँदै आएको छ रामलिला । घटस्थापनादेखि सुरु भएको रामलिला १ सय ५५ औं हो ।
    धार्मिक आस्थाले मानव सभ्यतालाई मर्यादित बनाउँछ । अनुशासित जीवन पद्धतिका लागि पनि यो अपरिहार्य हुन्छ । कुन व्यक्तिले कुन धार्मिक केन्द्रमा आस्था राख्ने स्वतन्त्रता स्वयमा हुन्छ । अटुट आस्थाको जीवन पद्धतिलाई बाँधेर राखेको हुन्छ, त्यसप्रतिको विश्वासले । त्यो विश्वासलेनै नेपालगन्जकै मौलिक इतिहासलाई थामेर हिंडेको छ, रामलिलाले ! यसरी पनि भन्न सकिन्छ मुलककै पहिलो नागरिक संस्थाका रुपमा ऐहिासिक विरासत थामिरहेको छ, नेपालगन्जले । जीवन्त कला, अर्थात् भगवान श्रीरामको जीवन लीलालाई वृन्दावनबाट आएका भारतीय कलाकारहरुले हरेक दिन प्रस्तुत गर्नेगर्दछन् । यो क्रम १५५ वर्षदेखि चलिआएको प्रामाणिक तथ्य छ श्रीराम लीला सञ्चालक समितिका प्रबन्धक भरतकिशोर बैश्यले भन्नुभयो ।
    ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई भब्य, सभ्य र सफल बनाउन कुनै कसर बाँकी नराखिएको रामलिला सञ्चालक समितिले जनाएको छ ।
    सन् १९२५ देखि नेपालगन्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदैआएको यो कला नेपालीमाझ जति परिचित छ, त्यो भन्दा कयौं गुना भारतीयहरुबीच लोकप्रिय छ । ‘भारतको उत्तरप्रदेशबाट लाखौं श्रद्धालुहरु यस अवधिमा रामलिला दर्शनका लागि आउने गर्छन् बरु नेपालमै कसरी प्रचारप्रसार गर्ने भन्नेमा केन्द्रीत श्रीराम लिला सञ्चालक समितिका प्रबन्धक भरत किशोर बैश्यले चिन्तित हुँदै भन्नुभयो भारतीय युवाहरुमाझ अझ लोकप्रिय हुँदै गैरहेको छ भने नेपाली युवाहरुमा आकर्षण बढाउन सकिइरहेका छैनौं उहाँले भन्नुभयो ।
    उत्तरप्रदेशको बहराइच श्रावस्ती लखिमपुर खिरिसम्मबाट रामलीला हेर्न आउनेहरुको घुइँचो हुन्छ । रावणबधका दिन सबैभन्दा बढी भिड लाग्ने आयोजकहरुको भनाइ छ ।
    रामलिलाका लागि भारत वृन्दावनबाट निम्त्याइएका दुई दर्जन कलाकारको टोलीले रामायणको दैनिक कला प्रस्तुत गर्ने गर्दछन् । सात्विक दिनचर्याबाट अनुबन्धित कलाकारहरुलाई साक्षात् भगवान श्रीराम, माताश्री सीता मानेर खुट्टा धुने ढोक्ने जस्ता आस्था प्रकट गर्न श्रद्धालुहरुको भिड लाग्ने नेपालगन्जको रामलिला मैदानमा निर्मित मञ्चमा तिनै युगपुरुषको युग फर्किएको प्रस्तुति हुन्छ । दैनिक साँझा ७ बजेदेखि राती १२ बजेसम्म रामलिला संचालन हुने गर्दछ । रामलिला हेर्न नेपालगन्ज लगायत आसपासका जिल्लाका समेत भक्तजनहरु हेर्न आउने गर्दछन् ।
    एउटा आयोजनामा १० देखि १५ लाख खर्च हुने रामलिलामा राज्य निकायबाट स्थायी सहयोग छैन । समुदायस्तरबाट डेढसय वर्षदेखिको यो अद्भूत कलालाई निरन्तरता दिन भइरहेको प्रयास चुनौतीपूर्ण रहेको बताउँनुहुन्छ । सतप्रतिशत समुदायको सहयोगबाट चलेको छ । सञ्चालक समितिका अनुसार नेपालगन्जले मात्र नपुगेर जनकपुर वीरगन्ज र काठमाडौंबाट पनि सहयोग संकलन गरिन्छ । नितान्त समुदायको अग्रसरतामा यहाँसम्म आइपुगेको यो ऐतिहासिक विरासतलाई निरन्तरता दिन र जीवन्त राख्न स्थानीय निकायको सहयोग स्थानीय कलाकार उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्न आवश्यक देखिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology