नेपालगन्ज : पानी उद्योग व्यवसायी संघ बाँकेको ५ औ अधिवेशन तथा ८ औ साधारसभा सम्पन्न भएको छ । शुद्ध पानी पिऊ स्वस्थ रहौ भन्ने नारा सहित पानी उद्योग व्यवसायी संघ बाँकेको ५ औ अधिवेशन तथा ८ औ साधारणसभा शनिवार नेपालगन्जमा सम्पन्न भएको हो ।
पानी उद्योग व्यवसायी संघ बाँकेको ५ औ अधिवेशन तथा ८ औ साधारसभाबाट ११ जनाको कार्यसमिति चयन गरिएको छ । पानी उद्योग व्यवसायी संघ बाँकेको अध्यक्षमा बिनय श्रेष्ठ चयन हुनुभएको छ ।
यस्तै बरिष्ठ उपाध्यक्षमा बेद प्रसाद गुप्ता, रिजवात अन्सारी, महासचिवमा बिकास खड्का, सचिवमा उदित बाबु रेग्मी, कोषध्यक्षमा शरद प्रसाद रिजाल, चयन हुनुभएको छ । यस्तै सदस्यमा भरत सिलवाल, दिपक के.सि, साकिर हुसेन खान, तिलकराम साहु, रविचन घर्ति चयन हुनुभएको छ ।
