(Saturday 25th of July 2026)
`

नेपालगन्ज वडा नम्बर ४ मा बिशेष सरसफाई अभियानको एघारौं हप्ता

  • सगरमाथा गन्तब्य
  • 5.6K
    SHARES

    नेपालगन्ज : विशेष सरसफाई अभियानको एघारौं हप्ताको शनिबार नेपालगन्ज वडा नम्बर ४ को सल्यानीवाग, वडा कार्यालय रोड, एबिसि टोल लगाएत ठाउँहरुमा नियमित विशेष सरसफाई कार्यक्रम सम्पन्न भएको । उक्त अभियानमा सहभागी सबैलाई उप–महानगरपालिका वडा ४का वडा अध्यक्ष गोपाल पुनले धन्यवाद दिएका छन। हाम्रो वडा राम्रो वडा’ बनाउने अभियानको पहिलो खुड्किलो सरसफाई भएकोले टोलस्तरिय सरसफाई टोल गठन तथा बिशेष सरसफाइ अभियान कार्यक्रम प्रतेक हप्ता शनिबार सरसफाइ कार्यक्रम संचालन हुदै आएको छ। कार्यक्रममा वडा अध्यक्ष गोपाल पुनले नागरिकको स्वास्थ्य र वडापालिकाको शानसँग जोडिएको विषय सरसफाई भएकाले यसलाई प्रभावकारी बनाउने बताएका हुन ।
    वडाको सरसफाईको दीर्घकालीन मार्ग खुल्ने केही परिकल्पना गरेको छौ । कुनै पनि समस्या आइपरे जनप्रतिनिधिहरुलाई भन्नुहोस, तपाइहरुलाई जनप्रतिनिधबाट पूर्ण साथ रहन्छ । उनले वडाबासीका गुनास समस्य भए बुँदागत रुपमा आफूलाई उपलब्ध गराउन आग्रह गरे । स्थानीय तहका जनप्रतिनिधिहरुले जनताले अनुभूतिहुने गरी काम गर्नु पर्ने बताए । आफ्नो घरबाट निस्केको फोहोर वर्गीकरणको आधारमा व्यवस्थापन गर्न र घर आंगन सफा राख्न अनुरोध पनि वडा अध्यक्ष गोपाल पुने अनुरोध गर्नुभएको थियो ।
    वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले यस्ता विभिन्न शिक्षा,स्वास्थतर्फका लगायत जनसेवा कार्यक्रमहरु गर्दै आउनुभएको छ । पुन नेकपा माओवादी केन्द्र तर्फका वडा अध्यक्ष हुनुहुन्छ।वडा नम्बर ४ का हरेक जनताको सुखदुःखको साथी बन्दै जनताको प्रीय पात्र बन्नुभएको छ । कार्यक्रममा जनप्रतिनिधि,समाजसेवी, राजनीतिदल, युवा, अभियानता, कार्यालयका प्रतिनिधि, विभिन्न संघसंस्था लगाएको उपस्थितिमा रहेको थियोे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology