नेपालगन्ज : आठौ राष्ट्रिय संविधान दिवसको अवसरमा नरैनापुर गाउँपालिकाले सरसफाइ तथा बृक्षारोपण कार्यक्रम गरेर मनाएको छ । राज्यमा गणतन्त्र आम जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोहि आन्दोलनको बलमा प्राप्त व्यवस्था मार्फत गठीत संविधानसभाले नेपालको संविधान २०७२ जारि गरेकोले संविधान दिवस आम जनताको दिवस भएको भन्दै सबैले हर्षोल्लासका साथ सोमवार नरैनापुर गाउपालिकाले सरसफाइ तथा बृक्षारोपण कार्यक्रम गरेर मनाएको हो ।

राज्यमा गणतन्त्र आम जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोहि आन्दोलनको बलमा प्राप्त व्यवस्था मार्फत गठीत संविधान सभाले नेपालको संविधान २०७२ जारि भए नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । उहाँले भन्नुभयो “मौलिक हकको महत्वपूर्ण कानूनहरु बन्दैछन्, परिस्थिति पहिलेभन्दा परिवर्तन भएको छ । ” राज्यको समृद्ध बिकासका लागि सबै नागरिक एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । आफुले स्थानीय सरकारको नेतृत्व गरेको हैसियतले नागरिकको मौलिक हक कार्यान्वयन गराउनका लागि कुनै कसर बाकी नराख्ने अध्यक्ष शाहले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाली जनताको शक्ति र बलिदानबाट प्राप्त संविधान सभाबाट बनेको संविधानको पालना गर्नु सबै नागरिकको जिम्मेवारी रहेको हुदा खुसियालीका साथ सरसफाइ तथा बृक्षारोपण कार्यक्रम गरेर मनाएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनभयो ।
राज्यको मूल कानुन संविधान घोषणा भएको दिनको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक बिर बहादुर सुनारले संविधानप्रदत्त अधिकार प्रयोग गर्दै विभिन्न सामाजिक संघसंस्था र आम नागरिकले विभिन्न क्षेत्रबाट समृद्ध नेपालको लागि प्रदान गरिरहेको योगदानको राज्यले कदर गर्ने बताउनुभयो ।
संविधान दिवसको अवसरमा नरैनापुर गाउँपालिकाको नवनिर्मित भवनमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम गरिएको छ । सरसफाई तथा बृक्षारोपण कार्यक्रममा नरैनापुर गाउपालिका तथा वडा कार्यालयका जनप्रतिनिधी,प्रहरी प्रशासन,स्थानीयवासीको सहभागीता रहेको थियो ।
