(Friday 30th of October 2026)
`

पाल्पाका दियालाइ पराजित गर्दै बाँकेका सुस्मा फाइनलमा प्रवेश

  • सगरमाथा गन्तब्य
  • 7.1K
    SHARES

    नेपालगन्ज : व्याटमिन्टन प्रतियोगितामा पाल्पाका दिया शाक्यलाई पराजित गर्दै बाँकेका सुस्मा श्रेष्ठ फाइनलमा प्रवेश गर्नुभएको छ । आज भैरहवामा जारी भएको प्रदेश स्तरिय खेल व्याटमिन्टन प्रतियोगितामा पाल्पाका शाक्यलाई सोझो सेटमा पराजित गर्दै बाँकेका श्रेष्ठ फाइनलमा प्रवेश गर्नुभएको हो ।

    आईतवार देखी जारी रहेको सिंगल व्याटमिन्टन प्रतियोगितामा शाक्यलाइ सोझो सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको बाँकेका व्याटमिन्टन प्रशिक्षक जयन श्रेष्ठले जानकारी गराउनुभयो । उहाँका अनुसार व्याटमिन्टन प्रतियोगिताको फाइनल खेल आजनै हुने छ । आज भएको प्रदेश स्तरिय व्याटमिन्टन ,कबड्डी र फुटबल खेलमा बाँकेले जित हासिल गरेको छ । प्रदेश स्तरिय खेल छनोट प्रतियोगितामा बिजेता टिम वा व्यक्तिले ९ औं राष्ट्रिय खेलकुद पोखरामा हुने प्रतियोगितामा भाग लिने छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology