(Saturday 25th of July 2026)
`

हिन्दु राष्ट्र कायम गर्न स्वतन्त्र उम्मेद्वारी घोषणा

  • सगरमाथा गन्तब्य
  • 5.5K
    SHARES

    नेपालगन्ज – हिन्दुवादी नेता दिवाकर खनालले आउदो प्रदेश र संघिय निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ । विहिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरि नेपालमा सनातनी हिन्दु धर्मावलम्बीहरुको ८० प्रतिशत भएर समेत नेपाललाई हिन्दु राष्ट्रबाट हटाईएको हुँदा पुनः हिन्दु राष्ट्र कायम गराउन मेरो उम्मेदवारी रहेको भन्दै उम्मेदवारी घोषणा गरेका हुन् ।
    हिन्दुवादी नेता खनालले संघिय र लुम्बिनी प्रदेश नं. ५ बाँके जिल्लाको क्षेत्र नं. २ बाट प्रदेश सांसदमा शिवसेना नेपालका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो ।
    हिन्दुवादी नेता खनालले हिन्दु राष्ट्र निर्माणको लागि, विश्वभरी छरिएर रहेको ओमकार परिवार (बैद्विक) सनातनीहरुलाई एकिकृत गर्न, बैद्विक सनातनी भित्र रहेका विकृति विसंगति जस्ता कुरीतिहरुलाई समाप्त गर्न, यस क्षेत्रमा रहेको शक्ति पीठ श्री बागेश्वरी मन्दिर तथा देशै भरि रहेका शक्ति पीठ तथा मन्दिर, गुम्बा तथा ओमकारहरुका देवी देवता स्थानहरुलाई संरक्षण तथा सम्वद्र्धन गर्न, शक्ति पीठ श्री बागेश्वरी मन्दिरलाई राष्ट्रिय गुठी विकासको लागि पहल गर्ने, देशमा अत्यधिक रुपले सनातनीहरुलाई नै राजनैतिक होस वा धार्मिक रुपमा (समूह–मजहब) होस, धर्म परिवर्तन र चेलीबेटीलाई भईरहेका अन्यायबाट रोक्न मेरो स्वतन्त्र उम्मेदवारी रहेको तर्क खनालले पत्रकार माझ बताउनुभयो ।
    हिन्दुवादी नेता खनालले गौरक्षाको लागि गौशालाहरुको प्रवद्र्धन र गुरुकुलको स्थापना गर्ने, भौतिक विकासका लागि यस देशमा हिन्दु राष्ट्र कायम गरी गौतमबुद्ध, बेदव्यास, माता सीता र अन्य ऋषिमुनीहरुको तपोभूमिको रुपमा रहेको यो देशलाई धार्मिक आस्थाको रुपमा विश्वभरीका ओमकार परिवारलाई तथा अन्य समूह (धर्म) लाई पनि प्रभावित पारी पर्यटक भित्रयाउने र पानीको व्यवस्थापन गरी कृषि तथा उद्योगहरुलाई बढीभन्दा बढी प्रोत्साहन गर्ने उद्देश्यका साथ मेरो स्वतन्त्र उम्मेदवारी रहेको उहाँले बताउनुभयो ।


    सनातनी ओमकार परिवार भित्र कुनै किसिमको भेदभाव नरहेको हुँदा हिन्दु राष्ट्र कायम हुँदा कुनै पनि धर्मका व्यक्तिहरुलाई कहिले कुनै समस्या नरहेको हुँदा विगतलाई आत्मसाथ गर्दै २०६२÷०६३ को आन्दोलन पश्चात हटाईएको हिन्दु राष्ट्रलाई पुनः कायम गर्न मेरो स्वतन्त्र उम्मेदवारी हो उहाँले भन्नुभयो । हाम्रो मुख्य एजेण्डा नै नेपाललाई हिन्दु राष्ट्र कायम गर्नु हो । आम जनताको चाहना नहुँदा हुँदै पनि विगतमा हिन्दु राष्ट्र हटाईएको हुनाले पुन हिन्दु राष्ट्र कायम गर्न शिवसेना नेपालका केन्द्रिय अध्यक्ष राजकुमार रौनियार स्वतन्त्र उम्मेदवारी दिएको जानकारी गराउनुभयो ।
    ९० प्रतिशत जनताको चाहना आज पनि हिन्दु राष्ट्र भएको हुँदा पुनः हिन्दु राष्ट्र हुनु पर्छ भन्ने अभियानको रुपमा मेरो स्वतन्त्र उम्मेदवार रहेको उहाँले बताउनुभयो । नेताहरुले विगतमा नेपालका आमालाई नै धोका दिएको हुँदा अब पुनः हिन्दु राष्ट्र कायम हुनुपर्ने त्यसैको लागि मेरो उम्मेदवारी रहेको बताउनुभयो । मलाई पद, पैसाको लोभ छैन, २४ दिन अगाडी नै मैले अमेरिकाको ग्रीन कार्ड छोडेर नेपाल आमाको सेवा गर्ने उद्देश्य बोकी यही माटोमा बिलिप हुने उद्देश्यका साथै अन्तमा मेरो जीवन यसै सनातनी ओमकार परिवारमा जन्मेकोले मेरो समाज मेरो क्षेत्र मेरो देश र अन्नतः मेरो अन्तिम प्राण पनि यही माटोको लागि समपर्ण गर्न चाहान्छु भनी मेरो स्वतन्त्र उम्मेदवारी रहेको उहाँले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology