(Saturday 25th of July 2026)
`

कतार च्यारिटीद्धारा बाँके युनेस्को मार्फत विपन्न परिवारलाई मौरीपालनमा सहयोग

  • सगरमाथा गन्तब्य
  • 6.7K
    SHARES

    नेपालगञ्ज, । बाँकेका विपन्न, जोखिममा परेका तथा सीमान्तकृत परिवारलाई मौरी पालनका लागि कतार च्यारिटीले बाँके युनेस्को क्लबमार्फत सहयोग गरेको छ ।
    क्लबले जिविकोपार्जनका लागि मौरी पालन परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका र खजुरा तथा डुडुवा गाउँपालिकाका ६ विपन्न परिवारलाई मौरी पालनका लागि विभिन्न सहयोग गरेको हो ।
    हरेक परिवारलाई मौरी भरिएका ८–८ वटा घार र अन्य विभिन्न उपकरण प्रदान गरिएको थियो ।
    एक अनौपचारिक समारोहका विच कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक ईरशाख शेष, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, क्लबका अध्यक्ष रवि तुलाधर, कोषाध्यक्ष फिरदौस जहाँ खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले मौरी भरिएका घार र अन्य उपकरण वितरण गर्नुभयो ।
    सो अवसरमा कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेषले कतार च्यारिटीले विपन्नहरुका लागि थुप्रै परियोजना र कार्यक्रम सञ्चालन गरिरहेको जनाउँदै राम्ररी मौरी पालन गरेर आर्थिक रुपमा सबल बन्न आग्रह गर्नुभयो ।
    आफ्ना बालबालिका र परिवारलाई दिगो जीविकोपार्जन, राम्रो शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र पोषण उपलब्ध गराउन मौरीपालनमा सहयोग गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक सिद्दिकीले बताउनुभयो ।
    सो अवसरमा कृषि सहयोग समूह खजुराका अध्यक्ष कमला न्यौपाने, बाँके युनेस्को क्लबका प्रशासन र वित्त प्रमुख वेद पंगाली, कार्यक्रम अधिकृत गुलाम गौस र फिल्ड सुपरवाइजर विशेष गुप्ताको पनि उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology