नेपालगन्ज : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले राजनीतिको नाममा लाजनिती गर्न आएको होइन भनेर भन्नुभएको छ । बिहीवार नेपालगन्जमा आयोजिक राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला कार्यक्रम नेपालगन्जमा आइपुग्नु भएका अध्यक्ष लामिछानेले यस्तो बताउनुभएको हो । अध्यक्ष लामिछानेले अब नेपाली जनता चनाखो भैसकेका छन् त्यसैले अबको देश चलाउमान बनाउन नेपाली जनताले राजनीतिको कोर्ष फेर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
३० बर्ष लामो नेपाली राजनीती हेरियो तर कसैले दाल गलाउन सकेनन उहाँले भन्नुभयो,“ तसर्थ अब नेपाली जनता कानमा तेल हाल्ने बस्ने होइना घण्टी बजाउने हो ।” देश परिवर्तन गर्न युवा जमातको खाँचो छ उहाँले भन्नुभयो, “अवको यात्रा राजनीतिमा सच्चा र इमान्दार भएको नेतृत्वको खाँचो रहेको अध्यक्ष लामिछानेले भन्नुभयो ।”
देशको बेतिथीलाई चिर्न राजनीतिमा आएको हुँ । यो देशलाई खोक्रो पारेका मानिसहरुलाई एउटा टेलीभिजन कार्यक्रमबाट त व्याण्ड बजाएको थिए भने राज्यसत्ता चलाउन पाए देशमा ठुलै व्याण्ड बजाउने उहाँले भन्नुभयो ।
यसपटकको संघिय र प्रदेशको चुनावमा राजनीतिको कोर्ष फेरेर नेपाली जनता चनाखो हुन अति आवश्यक रहेको उहाँले बताउनुभयो । देशका जनताले राजनीति बुझीसकेका हुनाले अवको राजनीति, फरक विचार र जनताले रुचाएका उम्मेद्वारको आवश्यकता बमोजिम उम्मेदवारी दिने दिन आएको उहाँले बताउनुभयो ।


