(Friday 30th of October 2026)
`

स्थानिय खेलाडीले नेपालगन्ज रंगशालामा खेले रंगशाला विग्रने डरले खेलाडीलाई खेल्न दिईदैन : अध्यक्ष शाह

  • सगरमाथा गन्तब्य
  • 10K
    SHARES

    बिरु गोडिया – नेपालगन्ज : जुनसुकै ठाउँको रंगशाला खेलाडी उत्पादन गर्न र खेलाडीलाई खेल खेल्न सहज हुनको लागि बनाईएको हुन्छ । नेपालगन्ज रंगशालामा खेल खेल्न जाने खेलाडी नै रंगशालाको प्रयोग गर्न पाउदैनन् । खेलाडीको लागी बनाएको रंगशालामा खेलाडीलाई नै रोक लगाएको जिल्ला खेलकुद बिकास समिती बाँकेका अध्यक्ष सन्दीप जंग शांहले बताउँनुभएको छ । राष्ट्रिय स्तरका खेलाडी बाहेक अन्य खेलाडीलाई रंगशालामा रोक लगाएकाले खेलाडी उत्पादन गर्नमा कठिनाइ भएको अध्यक्ष शाहले बताउँनुहुन्छ । नेपालगन्ज उपमहानगरपालिका स्थित रहेको राष्ट्रिय स्तरका खेलाडीले खेल्ने रंगशालामा प्रशिक्षणको शिलशिलामा आउँने आम खेलाडीलाई रोक लगाएपछि खेलाडी उत्पादनमा कठिनाइ भएको अध्यक्ष शाहले बताउँदै अवको दिनमा खेलाडीहरुमा खेल प्रतिको चाहना अनुसार रंगशालाको गतिविधि हुनुपर्ने बिहीवार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बताउनुभयो । आफ्नै घर नजिकै रंगशाला हुँदा समेत शारिरीक व्यामको लागि फिल्ड खोज्दै हिड्नु परेको एक जना खेलाडीले भन्नुभयो । खेल खेल्न र व्यायमको लागि इच्छा हुँदा हुँदै पनि रंगशालामा लगाईएको नियमले आम खेलाडीले प्रशिक्षण गर्न नसकेको अध्यक्ष शाहले बताउनुभयो ।
    रंगशालामा आम खेलाडीलाइ प्रशिक्षणका लागि जान नदिए राष्ट्रिय स्तरको खेलका लागी कहिले परिपक्क हुने उहाँले दुखेसो पोख्नुभयो । रंगशालामा राष्ट्रिय स्तरको खेलाडीलाइ मात्र खेल्न दिने र आम खेलाडीलाई वास्ता नै नगर्दा खेलाडी बन्ने सपना बोकेर रंगशाला आउने गरेको आम खेलाडीहरु अवसरबाट बञ्चित भएको खेलाडीहरुले बताउछन् ।
    आम खेलाडीहरुलाइ रंगशालामा रोक लगाएर खेलबाट वञ्चित नगराउँन अध्यक्ष शांहले आग्रह गर्नु भएको छ । स्थानिय स्तरका खेलाडीले रंगशाला प्रयोग गर्दा रंगशाखा विग्रने भएको हुनाले स्थानिय खेलाडीलाई रंगशालामा खेल्न रोक लगाएको भन्ने खवर हामीलाई बारम्बार आएको शाहले बताउनुभयो । स्थानिय खेलाडीलाई दिए रंगशाला पटक पटक बनाउन पर्ने भएको हुनाले राष्ट्रिय स्तरको खेलाडीलाई मात्र रंगशालामा खेल्न दिने गरेको अध्यक्ष शाहले बताउनुभयो ।
    शाहले भन्नुभयो, क्षेत्रिय खेलकुद विकास समितीको मातहतमा रहेका रंगशालाको संरचना लथालिङग रहेको जानकारी गराउनुभयो । क्षेत्रिय खेलकुदको मातहतमा रहेका संरचना लगायत खेलाडीले प्रशिक्षण बापत लिने शुल्कको समेत कुनै चासो नरहेको अध्यक्ष शाहले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology