नेपालगन्ज : थारु समुदायको पहिलो चाड गुरही पर्व सांस्कृतीक नाचगान सहित नेपालगन्जमा मनाएइको छ । गुरही पर्व पछिमात्र बाकी चार्डपर्व आउने भएकोले थारु समुदायले मंगलवार बिशेष रुपमा सांस्कृतीक नाचगान सहित गुरही पिटेर गुरही पर्व भव्यताका साथ नेपालगन्जमा मनाइएको हो ।
गुरही (गुरीया) पर्व श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात नाग पञ्चमीको दिनमा मनाइने गरिन्छ । थारु समुदायको जेठो अर्थात पहिलो पर्वको रुपमा गुरही पर्व रहेकोले तामझामका साथ यो पर्व मनाइएको थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारुले बताउँनुभयो ।

उहाँको अनुसार यो पर्वलाइ कसैले गुरही कसैले गुरिया भन्ने गर्छन । गुरही किराको नाम हो, जसलाइ नेपालीमा गाइने किरा भनिन्छ । गाइने किरालाइ अशुभ, दुश्मनको रुपमा मान्ने भएकोले बिषालु जिव जन्तुबाट बच्न यो पर्व मनाइने पुर्खौको धारणा रहेको छ ।
उहाँले भन्नुभयो “आजको दिन तेलमा तारेको खुरमा, बरया, रोटी, घुघरी( तेलमा तारेको गेडागुडी ) खाने चलन रहेकोले चलन अनुसार नै खानेकुराको परिकार प्रसादको रुपमा बाड्दै गुरही पर्व तथा नाग पञ्चमी मनाएको छौ ।”
यसतै थारु कल्याणकारिणी सभा बाँकेका उपाध्यक्ष बासमती थारुले बिभिन्न ठाउँबाट आएर नेपालगन्जलाई काम गर्ने थलो बनाएका थारु समुदायका व्यक्तिले गुरियाको पुजा गरेर कमहिला समुहले गुरिया फाल्ने पुरुष समुहले लठ्ठी अथवा स्वठाले गुरियालाइ पिटेर गुरही पर्व मनाइएको हो ।

उक्त थारू कल्याणकारिणी सभा बाँके, थारु कर्मचारी संघ बाँके, थारु महिला सभा नेपालगन्जकोे संयुक्त आयोजनामा भएको कार्यक्रममा गरही तथा नाग पञ्चमीको पर्वका अवसरमा शुभकामना अदान प्रदान तथा नव निर्वाचित जनप्रतिनिधीलाइ स्वागत सम्मान कार्यक्रम समेत रहेकोले जनप्रतिनिधीलाइ दोसल्ला र टिकाले सम्मान गर्दै थारु सांस्कृतिक कार्यक्रम समेत प्रस्तुती गरि गुरही पर्व मनाइएको छ ।
उक्त थारू कल्याणकारिणी सभा बाँकेका अध्यक्षको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट लगायत अथिती बाँकेका ८ वटै पालिकाको जनप्रतिनिधीको सहभागितामा गुरही तथा नाग पञ्चमी पर्व मनाइएकोे थियो ।

