बर्दिया : सामुदायिक वनका सामसामायीक सवाल तथा चुनौती बिषयक अन्तरसम्बाद कार्यक्रम बर्दियामा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र फेकोफन जिल्ला महासंघको सयुक्त आयोजनामा सामुदायिक वनका सामसामायीक सवाल तथा चुनौती बिषयक अन्तरसम्बाद कार्यक्रम बुधवार बर्दियामा सम्पन्न भएको हो । कार्यक्रममा सरकारको शिक्षा, स्वास्थ्य, कृर्षि तथा बिकास पुर्वाधारमा ध्यान जाने तर युगौ देखी हामीलाई संरक्षण गर्दै आएको वन जंगलमा भने ध्यान जान नसकेको सरोकारवालाले औलाएका छन् । देशका घना र समृद्ध पुराना वन–जंगलहरू मासिँदै गइरहेको र त्यो प्रक्रिया हाल विकासका नाममा अझ बढी तीव्र विनास हुँदै गैरहेको स्थिति हाम्रा लागि एक ठूलो विडम्बना र विकराल समस्या रहेको उनिहरुले बताएका छन् । बन्यजन्तु संरक्षण सम्बन्ध कुनै पनि निति नियम ऐन विपरित भए खारेज हुने लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक राम शर्मा (हिमाल) ले बताउनुभयो । गृह जिल्ला आउनुभएका मन्त्री शर्माले बन्य जन्तु संरक्षणमा सामुदायिक बन क्षेत्र आसपासका जनताहरुको अतुलनिय योगदान गरेको उहाँले बताउनुभयो । बन्यजन्तु संरक्षणमा जनताले खेलेको भुमिकाको उचित व्यवस्था गर्न राज्यको तर्फबाट पहल गर्नेे मन्त्री शर्माले बताउनुभयो ।
सामुदायिक बन जंगल दिनहु मासिनुमा हाम्रो समुदायको कमजोरी रहेको अन्तरसंम्बाद कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए । बन जोगाउन समुदायले गरेको योगदानलाई सम्मानका साथ राज्यले पनि सोच्न आवश्यक रहेको छ किन भने सामुदायिक बन संरक्षण गर्दा केही फाइदा लिन खोज्दा आफै समस्यामा पर्ने र जनावरबाट पिडित हुन पर्ने बाध्यता रहेको उनिहरुले जोड दिएका थिए । सामुदायिक बन संरक्षण गर्ने समुदाय नै बन्यजन्तुबाट पिडित हुन परेको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमाल त्रिपाठीले बताउनुभयो ।
सामुदायिक बनको माध्यमबाट महिलाहरु अग्रपंक्तिमा आउन सफल भएको प्रति गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले खुसी महसुस भएको बताउनुभयो । सामुदायिक बनमा महिलाहरुले अग्रसर देखाएर नै सामुदायिक बन हराभरा रहेको उहाँले धारणा राख्नुभयो । पहिले बन नाङ्गा डाडाकाँडा थिए अहिले सामुदायिक बनले बर्दिया लगायत अन्य जिल्ला पनि हराभरा रहेको जिल्ला समन्वय समिति बर्दियाका संयोजक सूर्य बहादुर विष्टले जानकारी गराउनुभयो । अहिले नेपालको बन हेर्न लायक भएका छन् उहाँले भन्नुभयो ।
जंगली जनावरबाट जनतालाई एकदमै समस्या निम्त्याएको हुनाले यसलाई व्यवस्थापन तिर राज्यले चासो दिन आवश्यक रहेको मधुवन नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष बलिराम चौधरीले बताउनुभयो । जंगली जनावरबाट पिडित भएकालाई राज्यले राहत दिने उल्लेख गरेतापनि समयमै राहत नपाएको धेरै गुनासो वडामा आउने गरेको वडा अध्यक्ष चौधरीले बताउनुभयो । जंगली जनावरले पिडित बनाएका जनतालाई सरकारले राहत मात्र नभई क्षतिपुर्ती समेतको व्यवस्था मिलाउनु पर्ने जनताहरुले माग गर्दै आएका छन् । अन्तरसम्बाद कार्यक्रममा फेकोफन जिल्ला महासंघका केन्द्रिय अध्यक्ष भारती त्रिपाठी लगायत बर्दिया जिल्लाका स्थानिय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
