(Friday 30th of October 2026)
`

३० बर्षपछि काँग्रेस सत्तामा, किन युवाहरूमा रुद्राक्ष मोह

  • सगरमाथा गन्तब्य
  • 11.9K
    SHARES

    बैजनाथ : बैजनाथ गाउँपालिका नेपाली काँग्रेस वरिष्ठ युवा नेता केशर खड्का एउटा क्रियाशिल युवा राजनीतिज्ञ भएर सक्रिय राजनीतिमा प्रवेश गरेसंगै जहाँ प्रवेश गर्यो त्यहीँ सफलता मिलेको पछिल्लो स्थानीय निर्वाचनको नतिजाले देखाएको छ ।
    जबकी त्यही नेपाली काँग्रेस बाँके जिल्लामा केही गुट र समुहगत कुराले मुख्य प्राथमिकता पाएपनि पालिका अधिवेशनमा आफैसँग प्रतिस्पर्धा गरेर बनेका सभापतिलाई साथ सहयोग मात्र हैन जुनसुकै निर्णय लिँदापनि दुबैजना बसेर सल्लाह गरेर अन्य कमिटीमा प्रस्ताव लिएर सर्बसहमत निर्णय हुने गरेका छन् ।
    बैजनाथ गाउँपालिका सभापति देब बहादुर केसिको पार्टी भित्र कोई विश्वासपात्रको नाम लिदा खड्काको नाम लिनुहुन्छ त्यसैको उपज हो बैजनाथमा ३० बर्षपछि नेपाली काँग्रेस बहुमतका साथ स्थानीय सरकारको बागडोरमा पुग्न सफल भएको छ ।
    जसका हकदारहरु नेतृत्व तह नाम सहित यस प्रकार रहेको छ । नेपाली काँग्रेसका नेताहर चन्तराम थारु, मेघराज ओली, कपिल देव शर्मा, प्रकाश बहादुर शाही, निर्मला रोकाय, कमला हमाल, टेक बहादुर खड्का, देब बहादुर खत्री, ज्ञान बहादुर ओली, बिनोद थारु, आशीष काफ्ले, भुपेन्द्र बस्नेत डम्मर रावत, निखिल बैगार, धिरेन्द्र सिंह ठकुरी लगाएत क्रियाशिल सदस्य नेता कार्यकर्ता सबै एक ठाँउमा उभिनु नै बैजनाथमा नेपाली काँग्रेस सफल हुनु एउटा मात्र उद्देश्य भएको युवा नेता खड्काको भनाई रहेको छ ।
    तपाईं गुटको नाममा समुहको नाममा कुनै जाती विशेषको नाममा राजनीति गर्ने भए जहाँ गर्ने हो त्यही गर्नुहोस् तर बैजनाथको हकमा हामी गुटको राजनीति गर्दैनौं र गर्न पनि दिदैनौं भन्नुहुन्छ ।

    कोई कसैले पार्टीको बिधि बिधान बिपरित काम गरेर पार्टीलाई कमजोर बनाउने चोक चौराहा चिया पसलहरुमा पार्टी विरुद्ध चियो गर्ने गरेमा पार्टी ध्वस्त हुने भएकाले केही गल्ती कमजोरी कोइ कसैबाट भए गरेमा आन्तरिक पार्टी कमिटीमा बसेर त्यसको समाधान गरेर जनभावना अनुसार काम गरे मात्र पार्टी र पार्टीको नेतृत्व सफल हुने सभापति केसि बताउनुहुन्छ ।
    युवाहरूलाई हिजोआज धर्मप्रति निकैनै आस्थावान भएको देख्न सकिन्छ । पछिल्लो उदाहरण बनेका कोहलपुर नगरपालिका मेयर पुर्ण प्रसाद आचार्य बैजनाथ गाउँपालिका नेपाली काँग्रेसका युवा नेता केशर खड्काकाई रुद्राक्ष माला लगाउनुको कारण बारे भन्नुहुन्छः–हामी हिन्दु धर्मप्रति आस्थावान जो कोहीले पनि रुद्राक्ष प्रयोग गर्न सक्छौं यसमा कोई कसैलाई रोकावट छैन । अर्कोतर्फ कुनैपनि नशा पदार्थ सेवनबाट टाढा बस्न भित्री मनदेखी ईच्छा प्रकट गरे कसैले रोक्न सक्दैन त्यो मन बिचारलाई शान्त बनाउन बिचलन आउन नदिन रुद्राक्षले काम गर्ने आफुलाइ विश्वास भएकाले प्रयोग गरेको बताउनुहुन्छ ।
    यस्तै युवाहरूबाट समाजमा नयाँ उदाहरण सिक्ने र अन्य युवाहरूलाई समेत कुलत नकारात्मक काम गर्नबाट रोक्न सकिन्छ । सबैले एकमत एक मनका साथ प्रण गरे यो समाजलाई कस्तो बनाउने तपाईं हाम्रो हातमा छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology