बधाई तथा सम्मान कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ । नेपाली काँग्रेस निकट एनिस ओमन लिडर सीप बाँकेको आयोजनामा भएको सम्मान तथा बधाई कार्यक्रम शनिवार नेपालगन्जमा सम्पन्न भएको हो ।
जिल्ला अध्यक्ष माया पुनको अध्यक्षतामा भएको कार्यक्रममा आफ्नो लोकप्रियताको कारण नेपाली काग्रेसले अरू पार्टिलाई सघाइ रहेको सहभागी वक्ताहरूको भनाई थियो । काँग्रेस भित्र ठुलो अनुसासनको खाँचो रहेको पार्टीका सह महामन्त्री किशोर सिह राठोरले बताउनु भयो । जनप्रतिनिधिहरूले अवसर पाउनु भएको छ यसलाई खेर नफालेर राम्रो काम गरेर देखाउन जरूरी रहेको सह महा मन्त्री राठोरले बताउनुभयो ।
बाँके जिल्लाका नव निर्वाचित जनप्रतिनिधीहरूलाई सम्मान कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त विष्ट, जानकी गाउँ पालिकाका अध्यक्ष छब्बन खाँ, विभिन्न वडाका वडाअध्यक्ष लगायत बाँकेका ८ वटै स्थानियतहका जनप्रतिनीधीलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली काग्रेसका सह महामन्त्री किशोर सिह राठोर, जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरी, जिल्लाका पदाधिकारीहरू, पार्टीका नेता, कार्यकर्ताहरू, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको सन्चालन नेपाली काग्रेसका जिल्ला सचिव सन्जु चौधरीले गर्नुभएको थियो ।
