(Friday 30th of October 2026)
`

रेडियो प्रेमी वान’ बाट चर्चामा आएका चल्तीका टिकटक डान्सर’ श्याम गिरी

  • सगरमाथा गन्तब्य
  • 10.6K
    SHARES

    नेपालगन्ज : बाँके जिल्लाको सेरोफेरोमा अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान् । कुनै जमानामा रेडियोको माध्यमबाट उनले प्रत्येक दिन आउने कार्यक्रममा नछुटाई फोन गर्ने गर्दथे । रेडियो कार्यक्रमबाट नै उनलाई बाँके जिल्ला र सेरोफेरोमा रेडियो प्रेमी श्रोताहरुले चिन्ने मौका पाए ।
    विभिन्न आरोह अवरोह पार गर्दै नेपाल आयल निगमको नेपालगन्ज डिपोमा २३ बर्षदेखि कार्यरत गिरी रेडियो कार्यक्रममा आम स्रोताका माझ श्याम गिरी ‘रेडियो प्रेमी वान’ नामबाट निकै परिचित छन् । रेडियोका नियमित कार्यक्रमहरुमा सधैं फोनमार्फत उपस्थिति देखाइरहने उनले आफूलाई ‘रेडियो प्रेमी वान’को नामबाट चिनाउँछन् । हुन त गिरी कुनै न कुनै रुपमा चर्चामा आइरहन्छन् ।
    उनलाई नजिकबाट चिन्ने उनका बालसाखा संजय पछाईका अनुसार अत्यन्तै सरल र सांगीतिक स्वभावका गिरीले विगत देखि नै संघर्ष गर्दै आफुलाई कला र गलाको माध्यमबाट स्थापित गराउदै आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ मोफसलमा रहेर पनी यतिको चर्चा बटुल्नु सामान्य नभएको र सबैले कला र गलाको सम्मान गरेको देख्दा खुशी लाग्ने बताउनुभयो । आफुहरु सदैव उहाँको सांगीतिक यात्रामा सहयात्री बन्ने गरेको उहाँले बताउनुभयो ।
    सामान्य परिवारीक पृष्ठभुमीका सरल स्वभावका गिरीले पहिलो पटक ‘हे माया तिमी कहाँ छौं कहाँ’ बोलको पहिलो आधुनिक गीति एल्वम बजारमा ल्याएर अर्को चर्चा कमाउनुभयो । उहाँकै शब्द÷रचना रहेका गीतमा गायक भद्र वलीले आवाज दिनुभएको थियो । प्रेमीप्रेमिकाले मायामा पाउने धोका र विछोडपछिको अवस्थालाई उक्त गीतमा रेडियो प्रेमी वनले उतार्नुभएको छ । उक्त गीतको चाडै म्युजिक भिडियो छायाँकन गर्ने र कलाकारको रुपमा संजय पछाई र सुरज सिहं ठकुरी “सुब्बा“ लाई र अर्को एक मोडलसँग कुराकानी भइरहेको उहाँले बताउनुभयो ।
    रेडियो प्रेमी वन”को उक्त गीतले युवाहरु माझ निकै चर्चा पायो । गीतमा प्रेमीले आफ्नो प्रेमिकालाई खोजी गरिरहेका हुन्छन् । प्रेमिकालाई झुटो माया नगर्न प्रेमीले आग्रह गरेका छन् । गीतमा ‘तिम्रो बाटो हेर्दा हेर्दै दिन पनि भयो रात’, ‘हे माया तिमी कहाँ छौं कहाँ’ भन्दै आफ्नो प्रेमिकालाई खोजी गरिएको छ । यस गीतको भिडियोसमेत बजारमा आइसकेको छ ।
    गिरीले अहिले अरु गीतहरु पनि रचना गरिरहनु भएको छ । पछिल्लो समयमा गीत रचनासँगै टिकटक डान्सरका रुपमा पनि उनी आफ्नो परिचयलाई फराकिलो बनाउँदै लिएका छन् । ‘प्रेमी वान रेडियो’ टिकटक ह्यान्डलमा उनले दर्जनौं गीतहरुमा उनले नृत्य प्रस्तुत गरेर अहिले उहाँले देशविदेशमा चर्चा बटुलिरहेका छन् ।
    उहाँको कपाल, शारीरिक बनावट र जुनसुकै गीतहरुमा पनि सहजै विभिन्न विधाका नृत्य प्रस्तुत गर्न सक्ने गिरीलाई टिकटकमा धेरैले पछ्याएका छन् । ‘आहा ! लाखौं ताराको बीचमा चन्द्रमाको प्रकाश फैलिए झैं टिकटकभर हजुरको अभिनयको जादु फैलिएको छ, शुभकामना,’ रितिका खनाल नामकी टिकटक प्रयोगकर्ताले गिरीको नृत्यको प्रशंसा गर्दै कमेन्टमा भनेकी छन् ।
    टिकटक डान्सर गिरीले देशविदेशबाट आफ्नो प्रशंसा भएकोमा खुशी व्यक्त गर्नै यसले आफुलाई नृत्य प्रस्तुत गर्न थप हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई धेरैले मन पराउनुभएको छ । यसका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु । मेलै बाँके जिल्लालाई देश विदेशमा चिनाउन पनि पाएको छु । यसमा गर्व लागेको छ ।’
    उहाँको टिकटक ह्यान्डललाई अहिलेसम्म ६० हजार बढीले लाइक गरिसकेका छन् । नेपालका सुपरस्टार भुवन केसी, हास्यकलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली), चर्चित गायिका मन्जु पौडल लगायत कलाकारलाई भेटिसकेका उहाँले टिकटक स्टार अंशु बर्मासँग पनि टिकटक बनाएर चर्चा कमाउनुभएको छ ।
    उहाँले टिकटकमा र फेसबुकमा बनाएको विभिन्न भिडियोमा हजारौ भ्युज र लाइक प्राप्त भएको देखिन्छ । आफ्नो जागिरे जीवनमा समेत सधै आफ्नो कर्तव्य र दायित्व कुशल तरिकाले निभाउने गरेको आयल निगम नेपालगंजका सहायक प्रवन्धक राजेश पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार उहाँले आफ्नो सांगीतिक कार्यका साथै आफ्नो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने गरेको बताउनुभयो । “रेडियो प्रेमी वन” लाई सांगीतिक जीवनको थप सफलताको लागि आफुहरुले कार्यालयबाट थप उत्प्रेरित गर्ने गरेको उहाँले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology