(Saturday 25th of July 2026)
`

पुष्पलाल स्मृति दिवसमा बिचार गोष्ठी

  • सगरमाथा गन्तब्य
  • 5.9K
    SHARES

    नेपालगन्ज : नेकपा एमाले बाँकेले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसर पारेर बिचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पु¥याएको योगदानको स्मरण गर्दै नेकपा एमाले बाँकेले बिचार गोष्ठी तथा प्रमाणपत्र बितरण कार्यक्रमको आयोजना गरेको हो ।
    नेकपा एमाले बाँकेले आयोजना गरेको बिचार गोष्ठीका प्रमुख अतिथी, नेकपा एमाले केन्द्रीय कमिटीका सचिब एबं लुम्बिनी प्रदेशका ईन्चार्ज छविलाल विश्वकर्माले नेपालको राष्ट्रिय राजनीतिमा पुष्पलाल श्रेष्ठले पु¥याएको योगदानको चर्चा गर्दै नेकपा एमालेका हरेक कार्यकर्ताले स्मरणमा मात्र नभई गन्तब्य पछ्याउदा सम्म सम्झीरहने बताउनुभयो ।
    पुष्पलालले देखाएको बाटोमा अबिचलित हिडीरहने भन्दै पुष्पलालको स्मृतिलाई चिर स्थायी बनाउने हिसाबले नेपालको राष्ट्रिय राजनीतिमा नेकपा एमालेले महत्वपूर्ण योगदान पु¥याने बताउनुभयो । ४४ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर नेकपा एमाले नगरकमिटी नेपालगन्जले आयोजना गरेको नेपालगन्ज उपमहानगरपालिकाका २३ वडाका पदाधिकारी र सदस्यलाई गत असार १५ देखि ३० गते सम्म १५ दिने प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थी तथा प्रशिक्षकहरुलाई प्रमुख अतिथी छविलाल विश्वकर्माले प्रमाणपत्र बितरण गर्नुभएको थियो ।
    बिचार गोष्ठीमा संबिधान सभा सदस्य तथा अनुशासन आयोगका सदस्य देवराज भार, केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सूर्य ढकालले संस्थापक नेता पुष्पलालले नेपालको कम्यूनिष्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य तथा सह–इन्चार्ज मो. हारुन, पशुपति दयाल मिश्र, शान्ति ढकाल, प्रदेश कमिटी सदस्य बलिभद्र पुन, जिल्ला कमिटी अध्यक्ष किस्मतकुमार कक्षपति, सचिव रत्न खत्रीलगायत बाँके जिल्लाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
    यस्तै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शनिवार ४४ औं स्मृति दिवस नेकपा एमाले बाँकेले पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । विहान नेपालगन्जमा रहेको पुप्पलालको शालिकमा माल्यार्पण गरेको गरि स्मृति दिवस मनाएको हो । माल्यार्पण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सूर्य ढकाल, केन्द्रीय सदस्य तथा सहइन्चार्ज मो. हारुन, पशुपति दयाल मिश्र, शान्ति ढकाल, प्रदेश कमिटी सदस्य बलिभद्र पुन, जिल्ला कमिटी अध्यक्ष किस्मतकुमार कक्षपति, सचिव रत्न खत्रीलगायतका नेता कार्यकर्ताको उपस्थितिमा माल्यार्पण र एक मिनेट मौन धारण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पु¥याएको योगदानको स्मरण गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology