(Friday 30th of October 2026)
`

नेपाली काँग्रेस पार्टीमा गुटगत समुह अन्त्य हुनुपर्छ : सह–सचिव बिनोद थारु

  • सगरमाथा गन्तब्य
  • 13K
    SHARES

    नेपालगन्ज : बाँके नेपाली काँग्रेस कुनै अमुक ब्यक्ती नभएर सिङ्गो पार्टी भएको नेपाली काँग्रेस बाँकेका सह सचिव बिनोद थारुले बताउनुभएको छ ।
    नेपाली काँग्रे्रेस बाँके क्षेत्र नम्बर ३ ले आयोजना गरेको स्थानीय तहमा नेपाली काँग्रेस बाट टिकट लिएर बिजय भएका जनप्रतिनिधिहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
    प्रमुख अतिथी नेपाली काँग्रेस सह महामन्त्री किशोर सिंह राठोर लगाएत संविधान सभा सदस्य बादशाह कुर्मी, आशा बि.क. लगायतका नेता कार्यक्रर्ताहरुको बिच बाँकेमा नेपाली काँग्रेस बचाउने र आगामी प्रदेश र संघको निर्वाचनमा बिजय गराउन गुटको राजनीति समाप्त गरेर सम्पुर्ण नेपाली काँग्रेसका लोकतान्त्रिक बिचार बि.पि.कोइरालाको सिद्धान्त अंगिकार गर्दै एकमन एकताका साथ मुठ्ठी कसेर एक हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
    बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा जिल्ला नेतृत्वले आफुलाई क्षेत्र नम्बर ३ को अनुगमन तथा प्रचारप्रसार कमान्ड सम्हाल्दै गर्दा कम्युनिस्टहरुले २३ बर्ष एकछत्र शासन गरेको किल्ला भत्काउन नेपाली काँग्रेसमा आस्थावान क्रियाशिल सदस्य पार्टीका जिम्मेवार नेता सबै एकमन भएका कारण सम्भव भएको हो उहाँले बताउनुभयो । आम मतदाता, नेता कार्यक्रर्ता सबैलाई नेपाली काँग्रेस बाँके जिल्लाको तर्फबाट र आफ्नो ब्यक्तिगत तर्फबाट बधाई ब्यक्त गर्दै जिल्ला नेतृत्व तर्फ इंगित गर्दै पछिल्लो घटनाक्रमको बारे समेत अप्रत्यक्ष तरिकाले आफ्नो असन्तुष्टि ब्यक्त गर्नुभएको थियो । कुनै पनि पार्टीको निर्णय एकल रूपमा गर्नेहो र महाधिवेशन पछि पनि यो गुटको ब्यक्ती त्यो मेरो गुटको ब्यक्ती भनेर लाग्नु एकलौटी ब्यक्तिगत हिसाबले पार्टी चलाउन खोज्नु भोलिका दिनहरुमा पार्टीलाई दुर्घटना तर्फ लैजानु हो उहाँले भन्नुभयो ।
    नेपाली काँग्रेस बाँके जिल्ला सह सचिव बिनोद कुमार थारु पार्टीको गुटगत समुह अन्त्य हुनपर्छ भनेर पार्टीमा ब्यक्तिवाद समुहले जिल्लामा मनोमानी गरेकोले त्यसको विरुद्धमा उभिनु पर्ने उहाँले धारणा राख्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology