(Friday 30th of October 2026)
`

विपद् व्यवस्थापन समितिद्धारा बाढी जोखिमको पुुर्व तयारी

  • सगरमाथा गन्तब्य
  • 9.9K
    SHARES

    नेपालगन्ज : बाँकेका बिभिन्न स्थानहरुमा बाढी र डुबानको उच्च जोखिम हुने भएकाले बाढी र डुवान कम गर्नका लागि पुर्व तयारी गरिसकिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
    देशका विभिन्न स्थानमा बाढीका कारण ठूलो धनजनको क्षती भएको र बाँके समेत बाढीको उच्च जोखिममा रहेकोले यसवर्ष पहिलेदेखिनै बाढीबाट सर्वसाधारणलाई जोगाउन पुर्वतयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउँनुभएको छ ।
    यसवर्ष मनसुनबाट बाँकेका १० हजारलाई असर पर्न सक्ने आङ्कलन गर्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना लागू गरिएको खत्रीले जानकारी गराउँनुभयो । यस वर्षको मनसुनमा विगतमा भन्दा बढी वर्षा हुनसक्ने आङ्कलन अनुसार सबै सुरक्षा निकाय र विषयगत समितिलाई तयारी अवस्थामा राखिएको उहाँले जानकारी गराउँनुभयो ।
    बाढीजन्य विपदबाट उच्च जोखिमयुक्त क्षेत्र, परिवार संख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, पालिकाभित्र भएको विपदमा प्रयोग हुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद् सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, लेखाजोखा तथा घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने काम पूरा भएको उहाँको भनाई छ ।
    अत्यावश्यक सामग्री खानेकुरा, कपडा, औषधि, पानीहरुको आवश्यक भण्डारणको काम पनि तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology