(Friday 30th of October 2026)
`

नेपालगन्ज भन्सार कार्यालयले साढे २२ अर्व बराबर राजश्व संकलन

  • सगरमाथा गन्तब्य
  • 7K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०७८÷७९ मा २२ अर्व ३२ करोड रुपियाँ राजश्व सङ्कलन गरेको छ । लक्ष्यको ८.५ प्रतिशत राजश्व सङ्कलन भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
    नेपालगन्ज भन्सार कार्यालयका प्रमुख अर्जुनकुमार न्यौपानेका अनुसार गत आर्थिक बर्ष २०७७÷७ भन्दा करिब डेढ अर्व बढि राजश्व सङ्कलन भएपनि समग्र लक्ष्य भने पुरा हन नसकेको बताउँनुभयो । भन्सार विभागले गत आर्थिक बर्षमा नेपालगन्ज भन्सार कार्यालयलाई राजश्व सङ्कलनका लागि २५ अर्व २१ करोड रुपियाँको लक्ष्य निर्धारण गरेको थियो ।
    “लक्ष्य अनुसार साउन र असोज महिनामा मात्रै राजश्व सङ्कलन गर्न सफल भयौं, भन्सार प्रमुख न्यौपानले भन्नुभयो । यसवर्ष लक्ष्य नै बढि भएका कारण पुरा गर्न सकेनौ ।” नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य बढेसँगै पुस महिनादेखि लागु भएको एलसी र विभिन्न वस्तुमा लगाइएको आयात प्रतिवन्धका कारण भन्सार राजश्व लक्ष्य अनुसार पुरा हुन नसकेको जनाएको छ ।
    विभिन्न ४७ वर्गका वस्तु आयातका लागि एलसी गर्नुपर्ने भएपछि ब्यापार सङ्कुचन भएको भन्सार कार्यालयले जनाएको छ । यसैगरी सवारी साधन, २५० सिसी भन्दा माथिका मोटरसाईकल, खेलौना, तास, टिभी लगायतमा गरिएको प्रतिवन्धका कारण पनि राजश्व सङ्कलनमा प्रभाव पारेको भन्सार कार्यालयका प्रमुख न्यौपानेले जानकारी दिनुभयो । असार मसान्तसम्म रहेको प्रतिवन्धको समय सिमा बढाएर भदौंसम्म कायम राखिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology