(Saturday 25th of July 2026)
`

बाँके र बर्दियामा भारी वर्षा, ठाउँ ठाउँमा डुवान

  • सगरमाथा गन्तब्य
  • 6.8K
    SHARES

    नेपालगन्ज  : बाँके र बर्दियाका धेरै स्थानहरूमा बुधवार आएको भारी वर्षाका कारण विभिन्न स्थान डुवान भएको छ । बाँकेको नेपालगन्जमा बर्षाका कारण सेतु विक चोक जलमग्न भएको छ । सेतु विक चोकमा भएको डुवानका कारण कयौ व्यापार व्यवसायको सामान क्षति भएको छ । भारी बर्षाका कारण डुवान भएको सेतु विक चोकमा सर्यौ सवारीसाधन पानीमा डुवेको स्थानियले जनाएका छन् ।
    विहानैदेखि परेको बर्षाका कारण नेपालगन्जको सल्यानी बगला, फुल्टेक्रा, धम्बोझी, परसपुर लगायतका स्थान जलमग्न भएका छन् । यस्तै बाँकेकै खजुरा क्षेत्रमा बुधबार विहान ३ घण्टाको अवधिमा १५५ मिलिमिटर पानी परेको मापन गरिएको छ । जुन यस वर्ष देशभरमै परेको सबै भन्दा धेरै वर्षा भएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले जानकारी गराउनुभएको छ ।
    बिहान ६ बजे देखि सुरु भएको भारी बर्षाको कारणले बाँकको विभिन्न क्षेत्रमा प्रभाव देखा परेको छ । लगातार ३ घण्टा परेको पानीले खोला, नालामा पानीको सतह बढ्दो छ । खजुरा गाउँपालिकाका अध्यक्ष विक बाढि भएको ठाउँमा प्रत्यक्ष पुगी निरिक्षण गर्नुभएको छ । खजुरा गाउँपालिकाको किरण नाला, सिमलघारी, रनियापुर, सोनपुरको शिव मन्दिर वर्षाले प्रभाव पारेको निरिक्षणका क्रममा उहाँले बताउनुभयो ।


    पानी नपरेको कारण धान रोपेको खेतमा पनि चिरा पर्न थालेको थियो । मौसम विभागका अनुसार बुधवारदेखी अझ केहि दिन बाँके, बर्दियाको विभिन्न क्षेत्रमा भारी वर्षा हुने अनुमान गरेको छ । अझै केहि दिन पानी पर्ने भएकाले डुवानमा पर्न सक्ने होचो स्थानमा बसोबास गर्नुहुनेले सतर्कता अपनाउन खजुरा गाउपालिकाका अध्यक्ष डम्बर बिकले अनुरोध गर्नुभएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार खजुरा क्षेत्रमा बुधबार विहान ३ घण्टाको अवधिमा १५५ मिलिमिटर पानी परेको मापन गरिएको छ । जुन यस वर्ष देशभरमै परेको सबै भन्दा धेरै वर्षा भएको बताउँनुहुन्छ ।


    जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र बाँकेका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले नेपालगन्जको अधिकांश ठाउँमा डुवान भएको बताउनुभयो । बुधबार बिहानबाट परेको अविरल वर्षाले बाँकेको कोहलपुरका केही क्षेत्र र नेपालगन्जका केही क्षेत्र जलमग्न भएका छन् । सडक अग्लो भएको क्षेत्रमा दर्जनौं घर र पसलमा पानी पसेको छ भने नालाको निकास अवरुद्ध भएको ठाउँमा पानी जमेर डुबानको अवस्था बनेको छ ।
    नाला सफा गर्ने कार्य निरन्तर भइरहेकाले पानी तीव्र गतिमा शहरबाट बाहिरतिर निस्किरहेको नेपालगन्जका उपप्रमुख कमरुद्दीन राईले बताउनुभयो । उहाँका अनुसार केही घण्टामै डुवान क्षेत्रमा जमेको पानी निस्किने गरी उपमहानगरले काम गरिरहेको छ । साउनको पहिलो सातासम्म पनि वर्षा नभएपछि रोपाइँ गर्न नपाएर सबैभन्दा बढी पीडित बनेका किसानहरु बुधबार बिहानदेखि परेको ठूलो वर्षाबाट खुशी भएका छन् ।
    वर्षा नहुँदा ब्याड सुकिरहेको र खेतमा धाँजा फाटिसकेको बेला पानी परेपछि अब रोपाइँ हुने र रोपाइँ भइसकेको खेतको धान जोगिने आशा पलाएको बाँके खजुराका किसान रामचन्द्र थापाले बताउनुभयो । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाँकेका ढकेरी र खजुरा, बर्दियाका राम्बापुर, रानीजरुवा नर्सरी र गुलरिया तथा आसपासका धेरै स्थानहरूमा भारी वर्षा मापन गरिएको हो । खोला आसपास र होचा स्थानहरूमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology