(Saturday 25th of July 2026)
`

भारतमा पहिलो पटक नेपालबाट छड निकासी सुरु

  • सगरमाथा गन्तब्य
  • 5.1K
    SHARES

    भैरहवा : भारतमा पहिलो पटक नेपालबाट स्टिल (छड) को निकासी सुरु भएको छ । भैरहवामा रहेको श्रीस्टिलले बुधबार बेलहिया नाका हुँदै भारतमा पहिलो पटक एक ट्रक स्टिल निकासी गर्न लागेको हो ।
    श्रीस्टिलका सञ्चालक राजेश अग्रवालका अनुसार बुधबार भारतको नौतुनुवामा कम्पनीको एक ट्रक स्टिल निकासी हुन लागेको हो ।
    करिब २५ लाख रुपैयाँ बराबरको स्टिल निकासी गरेर नेपालबाट स्टिल पनि निकासी हुन्छ भन्ने सन्देश दिन र निकासी एउटा प्रक्रिया सुरु गर्न लागिएको अग्रवालले बताउनुभयो । नेपाललले निर्यात गर्ने स्टिलको मूल्य भारतीय बजारसँग प्रतिस्पर्धी मूल्य प्रतिकिलो ६० रुपैयाँ भारु रहेको अग्रवालको भनाइ छ ।
    ‘सरकारले निर्यातमा ८ प्रतिशत अनुदान दिने घोषणा गरेकाले निर्यात सुरु भएको छ,’ अग्रवालले भन्नुभयो, ‘अहिले प्रक्रिया पूरा गरेर बस्छौं कार्यविधि आएपछि निकासीले केही आकार लिन्छ ।’ भारतीय बजारमा नेपाली स्टिलले मूल्यमा मात्रै प्रतिस्पर्धा गर्नु पर्ने पनि उहाँले बताउनुभयो । गुणस्तरमा अब्बल भएकाले अन्य समस्या नभएको अग्रवालको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology