कोहलपुर : बाँकेको कोहलपुरमा रहेको सव–डिविजन वन कार्यालयले बिभिन्न प्रजातिका बहुबर्षिय बिरुवाहरु धमाधम बितरण गरेको छ । सव–डिविजन वन कार्यालय कोहलपुरले बिभिन्न प्रजातिका २७ हजार ८ सय बहुबर्षिय बिरुवाहरु आइतवार बितरण गरिएको हो । यस्तै सव डिभिजन वन कार्यालय कोहलपुरका रेन्जर मान बहादुर थापाले विभिन्न ८ प्रजातिका विरुवाहरु सव डिभिजन कार्यालय भित्र निःशुल्क रुपमा वितरण गरिएको जानकारी गराउँनुभएको छ ।
उहाँको अनुसार सव डिभिजन कार्यालय कोहलपुरले बिभिन्न प्रजातिको अमला १ हजा ३ सय , मसला १ हजार ३ सय, अम्बा ३ हजार, बकाईनु ६ हजार, शसरिस १ हजार, जामुन ९ सय ८०, कोईरालो १ हजार ३ सय २० र शितलचिनि १ हजार २ सय विरुवा वितरण गरिएको छ । ‘अहिले व्यक्तिगत प्रयोजनका लागि २५ वटा र संस्थागत वा वृहत वृक्षारोपनका लागि आवश्यकता अनुसार वितरण गरिएको छ’ उहाँले भन्नुभयो । उहाँ भन्नुहुन्छ ‘हाम्रो लक्ष्य भनेको ६० हजार विरुवा वितरण गर्ने हो तर लक्ष्यमा पुग्न अझै आधाभन्दा बढी बिरुवा बाँकी नै रहेको छ ।’
आकाशबाट पानी नआएपछि विरुवा लिने व्यक्ति वा संस्थाहरु कम भएको रेञ्जर थापाले जानकारी गराउँनुभयो । उक्त डिविजन वन कार्यालयको सहयोगमा उत्पादन हुने विरुवा अहिले दैनिक एक सय भन्दा बढिको संख्यामा विरूवाहरू लिन आउने गरेका सव डिभिजन वन कार्यालय कोहलपुरले जनाएको छ ।
