(Friday 30th of October 2026)
`

साउने संक्रान्ति सुरु

  • सगरमाथा गन्तब्य
  • 9.6K
    SHARES

    नेपालगन्ज  : आइतवार साउने संक्रान्ति स्नान, दान एवम् आफन्त जम्मा भई रमाइलो गरेर मनाईंदैछ ।
    सूर्यले मिथुन राशीको भोग पूरा गरी कर्कट राशीमा प्रवेश गर्ने पहिलो दिन आइतवार देशभर साउने संक्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।
    साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आइतवारैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । यस्तै, आइतवार बेलुका लुतो पनि फाल्ने गरिन्छ ।
    असार महिनाभर कृषि कर्म गर्दा हिलो मैलोले लाग्ने छालासम्बन्धि रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् डाक्टर रामचन्द्र गौतम बताउछन् । परम्परा अनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्दै लुतो फाल्ने चलन छ ।
    लुतो फाल्दा आ–आफ्नो कूल परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । यस्तै, साउन महिनालाई विशेष रुपमा भगवान शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरा लगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ ।
    साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लाग्छ । साउन महिना शिवजीको र सोमवारलाई शिवको वार भनिन्छ । यसैले साउन महिना एवम् सोमवार शिवालयमा भक्तजनको भीड लाग्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology