(Friday 30th of October 2026)
`

लायन्स क्लबको कोहलपुरमा संयुक्त पद हस्तान्तरण

  • सगरमाथा गन्तब्य
  • 6.6K
    SHARES

    कोहलपुरः लायन्स क्लब अफ मानसरोबर कोहलपुर र लायन्स क्लब अफ कस्तुरी कोहलपुरको संयुक्त आयोजनामा पद हस्तान्तरण कार्यक्रम शानिबार कोहलपुरमा सम्पन्न भएको छ । लायन्स क्लब अफ मानसरोबरका निबर्तमान अध्यक्ष प्रकाश शाहले बर्तमान अध्यक्ष बिष्णु बेल्बासे र लायन्स क्लब अफ कस्तुरीकी निबर्तमान अध्यक्ष संगिता सुबेदीले बर्तमान अध्यक्ष अन्जु न्यौपानेलाई पद हस्तातरण गरेका हुन ।पद हस्तातरण कार्यक्रममा पदभार गहण गरेका अध्यक्षहरुले समाजमा अप्ठयारोमा परेका ब्यक्तिहरुलाई निशुल्क तथा दु्रत मानबिय सेवा दिने प्रतिबद्धता ब्यक्त गरेका छन ।
    लाइन्स क्लब इन्टरनेशनल ३२५ एनको आयोजनामा सम्पन्न पदभार कार्यक्रममा प्रमुख अतिथी लाइन्स क्लब इन्टरनेशनल ३२५ एनका डिष्टिक गर्भनर सिवि चन्दले लायनहरु सकारात्मक कुरा सिकेर दुख पिडामा परेका दिनदुखिहरुको निशुल्क सेवामा लाग्नुपर्नेमा जोड दिए । उनले डोनेशन लिएर त सबैले सहयोग गर्न सक्छ तर लायनहरु निशुल्क अनि यथा शिघ्र सहयोग कार्यक्रम लिएर अप्ठयारोमा परेका ब्क्ति समुदाय र स्थानमा जाने भएकाले लायनको छुट्टै पहिचान भएको जिकिर गरे ।
    लाइन्स क्लब इन्टरनेशनल ३२५ एनका डिष्टिक कोषाध्यक्ष खेमराज भट्ट बिशिष्ट अतिथी रहेको कार्यक्रममा लायन अग्रजहरु चिन्तामणी धिताल, एलबि क्षेत्रि, टिपि न्यौपाने, अशोक कोइराला, तेज प्रसाद अधिकारी, नबिन निश्चल आचार्य लगाएत ३ दर्जन लायनहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन लायन बिनोद भट्टराइले गरेका थिए ।
    यसैबिच आज शनिबार नै लायन्स क्लब अफ कोहलपुर,लायन्स क्लब अफ सयपत्री,लायन्स क्लब अफ मानसरोवर ,लायन्स क्लब अफ कस्तुरीको संयुक्त आयोजनामा नेपाल राष्ट्रिय आधारभूत बिद्यालय कोहलपुर १५ चौधरीयामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
    लायन प्रकाश शाह, शिब डागि, दिपक भण्डारी, नबिन आचार्य लगायत लायनहरुको उपस्थितीमा बिभिन्न प्रजातिका एक सय बढि बिरुवा बिद्यालय प्रांगणमा रोपिएको लायन्स क्लब अफ कोहलपुरले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology