नेपालगन्ज : मानव अधिकार राष्ट्रिय कार्ययोजना सम्बन्धमा सरोकारवाला छलफल कार्यक्रम बिहिवार नेपालगन्जमा सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लुम्बिनी प्रदेशको आयोजना तथा ईन्सेक लुम्बिनी प्रदेश नेपालगन्जको समन्वयमा मानव अधिकार राष्ट्रिय कार्ययोजना सम्बन्धमा छलफल गरेको हो । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लुम्बिनी प्रदेशको कानुन सचिव राजेन्द्र थापाले मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका मेयर पुर्णप्रसाद आचार्य, खजुरा गाउपालिकाका अध्यक्ष डम्मर बहादुर बिक, डुडुवा गाउपालिकाका अध्यक्ष नरेन्द्र चौधरी, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधु सुदन न्यौपाने मानव अधिकारकर्मी प्रकाश उपाध्याय लगायतले आफ्नो मन्तब्य रख्नु भएको कार्यक्रमको सन्चालन इन्सेक लुम्बिनी प्रदेश नेपालगन्जका प्रमुख भोला हमालले गर्नुभयको थियो ।
