(Friday 30th of October 2026)
`

लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शील्डमा नरैनापुर प्रथम

  • सगरमाथा गन्तब्य
  • 7.6K
    SHARES

    बाँके : प्रदेश खेलकुद परिषद लुम्बिनी द्वारा दाङको बेल्झुन्डी रंगशालामा आयोजित लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शील्डमा कबड्डी छात्र तर्फ बाँकेले कपिलवस्तुलाई (७६–३९) अन्तरले हराउँदै सेमिफाइनलमा प्रबेश गरेको थियो ।
    सो खेलमा बाँके नरैनापुरका उत्कृष्ट खेलाडी आसिफ मुकेरी गत असार १८–२० सम्म बाँके खेलकुद विकास समिति नेपालगन्जद्वारा आयोजित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड खेलकुद छनौट प्रतियोगितामा कबडडी छात्र छात्रा दुबै तर्फ कप्तानी गरि नरैनापुरलाई जिल्ला तेस्रो उपाधी ल्याउन सफल भए पश्चात जिल्ला खेलकुद विकास समिति बाँकेले प्रदेश स्तरीय खेलकुदको लागी कबड्डी खेलमा छात्र÷छात्रा तर्फ नरैनापुरको जय किसान मा.वि.का खेलाडीद्वय आसिफ मुकेरी र पुर्णिमा मल्ललाई छनौट गरेको थियो ।
    प्रदेश खेलकुद परिषद लुम्बिनीद्वारा दाङको बेल्झुन्डीमा रंगशालामा आयोजित लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शील्डमा कबड्डी छात्र तर्फ बाँकेले तेस्रो स्थान ल्याउन सफल भए पछि बाँके नरैनापुरका असिफ मुकेरी नरैनापुरको प्रतिनिधित्व गरी प्रथम पट्क मेड्ल जित्न सफल भएको बाँके कबड्डी कोच जनक के.सी. संगै कबड्डी व्यवस्थापक अरुण यादवले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology