नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा सुत्केरी महिलाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरी स्थित बस्ने ३३ बर्षिया धनसरा सुवेदीलाई सुत्केरी बेथा लागेपछि असार २० गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो ।
सुवेदीलाई २२ गते अप्रेशन गरिएको थियो सो अप्रेशनपछि नर्मल वार्डमा राखिएको मेडिकल कलेजका सिइयो सुनिल कुमार सिंहले जानकारी दिनुभएको छ ।
अप्रेशनपछि नर्मल वार्डमा राखिएकी सुवेदीलाई एक्कासी २४ गते रातीको समस्या आएपछि आइसीयूमा लगिएको थियो । नेपालगन्ज मेडिकल कलेज कोहोलपुरले सुवेदीको के कारणले मृत्यु भएको भन्ने थाहा नभएको बताएपछि आफन्तहरुले मेडिकल कलेजमा लगाइएका सिसाहरुलाई तोडफोड गरेका छन् । र अप्रेशनपछि नर्मल वार्डमा राखिएकी सुवेदीले के कारण ज्यान गुमाउँनु परेको भन्ने बिषयमा आफ्न्तले माग राख्दै मेडिकल कलेजमा तोडफोड गर्न सुरु गरेका हुन् ।
