(Friday 30th of October 2026)
`

जमुनाहाबाट प्रतिबन्धित कुखुरा बरामद

  • सगरमाथा गन्तब्य
  • 7K
    SHARES

    नेपालगन्ज : नेपालगन्जको जमुनाहाबाट प्रहरीले प्रतिबन्धित बोइलर कुखुरा बरामद गरेको छ । नेपालभन्दा भारतमा सस्तो मूल्यमा पाइने भएकाले बोइलर नेपाल तस्कर हुने गरेको छ ।
    भारतमा ३ सय रुपैयाँ किलोमा पाइने वोइलर कुखुरा नेपालमा ४ सय ४० रुपैयाँ प्रतिकिलो छ । खुला सीमानाकाको फाइदा उठाउँदै तस्करहरुले कुखुरा भित्र्याउने गरेका छन् ।
    प्रहरीका अनुसार भन्सार छलि भित्र्याइएको १ सय ५० किलो वोइलर कुखुरा बरामद भएको हो । बरामद गरिएको कुखुरा पशु क्वारेन्टाइनमा बुझाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology