(Friday 30th of October 2026)
`

भौतिक पूर्वाधार तथा यातायात मन्त्री राई गृहनगर नेपालगन्जमा

  • सगरमाथा गन्तब्य
  • 8.8K
    SHARES

    बाँके – भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मद इस्तियाक राई शनिबार पहिलो पटक गृहनगर नेपालगन्ज आउनुभएको छ । नेपालगन्ज विमानस्थलमा अवतरण हुनासाथ विमानस्थल रहेको वडा नम्बर २० ले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुन मन्त्री राई पुग्नुभएको थियो ।
    मन्त्रालयको कार्यक्षेत्र सडक निर्माण नै रहेका मन्त्री राई केही समय हिलाम्मे सडकमा पैदलै हिँडेर वडा कार्यालयभित्र प्रवेश गर्नुभयो । वडा अध्यक्ष कौशल कुमार धोवीले मन्त्री राईको चाहना अनुसार नै पहिलो कार्यक्रम हिलाम्मे सडक भएर राखिएको जानकारी दिनुभयो । जनता समाजवादीका नेता राई तेश्रो पटक मन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँ वकरिद मनाउन शनिबार गृह जिल्ला आउनुभएको हो । सो अवसरमा मन्त्री राईले जाति, भाषा, धर्म र अवसान भइसकेको मुद्दाको नाममा राजनीति गर्नेलाई बाँकेवासीले सधै अस्वीकार गरिरहेको बताउनुभयो ।
    बाँकेवासीले निरन्तर साथ र सहयोग गरेका कारण आफू तेश्रो पटक मन्त्री हुन सफल भएको भन्दै उहाँले क्षेत्र नम्बर २ का मतदाताप्रति आभार प्रकट गर्नुभयो । यसअघि सहरी विकास मन्त्रीको रुपमा बाँके जिल्लामा महत्वपूर्ण योजनाको काम अघि बढाएको भन्दै उहाँले छोटो कार्यकाल भए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रुपमा जनताले पछिसम्म सम्झनेलायक काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रादेशिक विश्व विद्यालय नेपालगन्जमा निर्माण हुने निश्चित भएको पनि जानकारी दिनुभयो । आइतवार मुस्लिम समुदायले नेपालगन्जको विपी चोकमा रहेको मस्जिदमा इदको नवाज पढने छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology