समाजवादी महिला संघ नेपाल केन्द्रिय सदस्य, जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष, अन्तर पार्टी महिला संजाल बाँकेकी अध्यक्ष, माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्ज बाँकेको प्रबन्धक तथा मानवता नेपाल, बाँकेको अध्यक्ष अम्बिका काफ्लेले नेपालगन्ज क्षेत्रिय कारागारलाई ई–रिक्सा हस्तान्तरण गर्नुभएको छ ।
कारागारमा रहेका कैदीहरुलाई अस्पताल लैजान ल्याउन सहजता होस् भन्ने उद्देश्यले ई–रिक्सा दिइएको काफ्लेले बताइन् । उनले जेलर रामकुमार सोनकरलाई एउटा ई–रिक्सा प्रदान गरेकी थिइन् ।
