नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ले शुक्रवार जेष्ठ नागरिकहरुका लागि निशुल्क आँखा शिविर संचालन गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा शुक्रवार नेपालगन्ज वडा नं. १८ मा निशुल्क आँखा शिविर संचालन गरेको हो । जेष्ठ नागरिकहरुलाई आँखामा बढि समस्या भएको हुनाले यसलाई न्युनिकरण गर्ने उद्देश्यका साथ निशुल्क आँखा शिविर संचालन गरिएको वडा अध्यक्ष दिपक कुमार बर्माले जानकारी दिनुभयो ।
शिविरमा फत्तेवाल आँखा अस्पतालका विशेषज्ञ डाक्टरद्धारा चेकजाँच गरिएको उहाँले बताउनुभयो । धेरै जसो जेष्ठ नागरिकमा मोती विन्दुको समस्या देखापरेको आखा विशेषज्ञ डाक्टरले भन्नुभयो । वडा नं. १ का करिव ८० बढि जेष्ठ नागरिकले निशुल्क आँखा चेकजाँच गराएको नेपालगन्ज वडा नं. १८ का वडा सदस्य दिग्वीजय ढुङगानाले बताउनुभयो । यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ ले शारीरिक अपाङ्गता भएका व्यक्तिलाई आय आर्जन तथा सहायक सामाग्री बितरण गरेको छ ।
नेपालगन्ज वडा नं १८ ले शारीरिक अपाङ्गता भएका व्यक्तिलाई आय आर्जन तथा सहायक सामाग्री बिहीवार बितरण गरेको हो ।
नेपालगन्ज वडा नं १८ को अध्यक्ष दिपक बर्माको अध्यक्षतामा गरिएको कार्यक्रममा शारीरिक अपाङ्गता अशक्त भएका व्यक्तिहरुलाई आय आर्जन तथा सहायक सामाग्री ह्वील चियर, मोटर सहित सिलाई मेसिन र साईकल समेत बितरण गरिएको छ ।
शारीरिक अपाङ्गता भएका व्यक्तिगत जिवनयापन सहज बनाउँने उद्देश्यले यी ह्वील चियर, मोटर सहित सिलाई मेसिन र साईकल लगायतका सामाग्री बितरण गरिएको थियो ।
