(Friday 30th of October 2026)
`

बाँसगढीका अपाङ्गता व्यक्तिलाई ह्वील चियर

  • सगरमाथा गन्तब्य
  • 8.2K
    SHARES

    बर्दिया  : बर्दियाको बाँसगढी नगरपालिकाका ११ जना अपाङ्गता भएकालाई घरघरमै पुगेर साहयता सामग्री (व्हील चियर) वितरण गरीएको छ ।
    बाँसगढी नगरपालिकाको १ देखि ९ वटै वडामा पुगी नगर प्रमुख खड्क बहादुर खड्का, उप प्रमुख इन्दिरा चौधरी, महिला तथा बालबालिका शाखाका प्रमुख यसोदा थापा लगायत संम्बन्धीत वडाका वडा अध्यक्षहरुको सहभागितामा सहायता सामग्री (व्हील चियर) वितरण गरीएको हो ।
    बाँसगढी नगरपालिकाको वडा नंम्बर ४ र ६ मा २÷२ जनालाई र बाँकी १, २, ३, ५, ७, ८ र ९ वडामा १÷१ जनालाई करिव १३ हजार देखि १५ हजार सम्म मुल्य पर्ने सहायता सामग्री (व्हील चियर) वितरण गरीएको महिला तथा बालबालिका शाखा प्रमुख यसोदा थापाले जानकारी दिनुभयो ।
    वडा नं १ मा साबित्री चन्द लाई र वडा नम्बर २ मा बिरेन्द्र थारुलाई (व्हील चियर) हस्तान्तरण गरीएको छ । त्यसैगरी वडा नम्बर ३ महदेवाका कालिचरण थारु, वडा नं ४ नेवादाका राधेश्याम थारु र संखरीयाका भागिरथी अधिकारीलाई (व्हील चियर) हस्तान्तरण गरीएको छ ।
    त्यस्तै, वडा नं ५ बाँसगढीका जयकली अधिकारी, वडा नं ६.का सोहनी थरुनी र पन्नलाल थारु, वडा नं ७.मा बलिराम थारु, ८ नम्बर वडामा मानसरी खत्री र ९ नम्बर वडामा साबित्री चौधरीलाई (व्हील चियर) हस्तान्त्ररण गरीएको प्रमुख थापाले बताउनुभयो ।
    साहयता समाग्री (व्हील चियर) पाउने सबैजनाले महिला तथा बालबालिका शाखाले सूचना निकालेको बेला नाम दर्ता गराएका थिए । नाम दर्ता गराएकामध्य अतिआवश्यक परेका ब्यक्तिहरुलाई छनौट गरी बितरण गरेको प्रमुख थापाले बताउनुभयो ।
    उहाँका अनुसार बाँसगढी नगरपालिकाको महिला तथा बालबालिका शाखाको बजेटबाट ११ जनालाई साहयता समाग्री (व्हील चियर) वितरण गरिएको हो । जम्मा १ लाख ४० हजार बराबरको खर्चमा ११ जनालाई साहयता समाग्री (हुइल चियर) वितरण गरिएको शाखाले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology