(Saturday 25th of July 2026)
`

कोहलपुर नगरपालिकाद्धारा सार्वजनिक क्षेत्रमा राखेका गिठ्ठी र बालुवा जफत

  • सगरमाथा गन्तब्य
  • 6.4K
    SHARES

    नेपालगन्ज  : कोहलपुर नगरपालिकाले सार्वजनिक क्षेत्रभित्रमा कानून विपरीत राखेका गिठ्ठी र बालुवा जफत गरेको छ । बुधबार कोहलपुर नगरपालिकाले दुई वटा क्षेत्र सार्वजनिक क्षेत्रभित्रमा कानून विपरीत राखेका गिठ्ठी र बालुवा जफत गरेको हो । नगर प्रहरी र नेपाल प्रहरीको समन्वयमा गिठ्ठी र बालुवा जफत भएको थियो ।
    विगत लामोसमयदेखि सार्वजनिक जग्गामा कानून विपरीत गिठ्ठी र बालुवा राख्दै आएका थिए । कतिपय समयमा कोहलपुरको न्यूरोडमा रहेको खुल्ला मैदानमा समेत गिठ्ठी र बालुवा राख्ने गर्दथ्र्थे तर आहिले त्यो स्थानमा जफतपछि राख्न छोडेका थिए । तर खुल्ला मैदान राख्न छोडेपनि कोहलपुरका अन्य वडामा रहेका खुल्ला मैदानहरुमा भने राख्न छोडेनन् ।
    कोहलपुर नगरपालिकाको वडा नम्बर ४ मा रहेको किरणनालामा रहेको खुल्ला मैदानका लागि भूमाफियाहरुले समेत जग्गा अतिक्रमण गर्ने खोजेका थिए तर असफल भए । तर फेरी गिठ्ठी र बालुवा राखेर अतिक्रमण गर्न खोजेपछि कोहलपुर नगरपालिकाले गिठ्ठी र बालुवा नै जफत ग¥र्यो । यस्तै नेपालगञ्ज मेडिकल कलेजको दक्षिण तर्फको खुल्ला मैदानमा सार्वजनिक जग्गामा राखिएको गिठ्ठी र बालुवा समेत जफत गरेका छन् । कोहलपुरका सञ्चारमाध्यमहरुमा खुल्ला मैदानहरुमा राखेका गिठ्ठी र बालुवा खालि गर्नका लागि सूचना जारी गरेको थियो ।
    कोहलपुर नगरपालिकाको कार्यपालिकाको जेष्ठ २६ गतेको निर्णय नं. ६ मा सार्वजनिक स्थलमा राखिएका गिठ्ठी र बालुवा तोकिएको म्याद भित्र नउठाएको खण्डमा जफत गर्ने निर्णय गरिएको छ ।
    कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले सूचना जारी भएको समय वितिसक्दासम्म पनि कानून विपरीत सार्वजनिक स्थलमा राखिएका गिठ्ठी र बालुवा नउठाएपछि जफत गरेको बताउनुभयो । ‘यो पहिलो पटक भएकोले चेतावनी मात्र दिएका हौं, उहाँले भन्नुभयो, ‘अझै अटेरी गरे सार्वजनिक क्षेत्रमा भएको सबै गिठ्ठी र बालुवा जफत गछौं ।’
    पहिलो पटक निर्माण व्यवसायीहरुलाई १५ दिनको म्याद दिन्छौं, म्याद सकिन वित्तिकै सामग्री जफत गर्नेछौं’ उहाँले थप्नुभयो , ‘सार्वजनिक जग्गामा कुन स्थानमा कस्ले कति गिठ्ठी र बालुवा राखेको छ भन्ने विषय नगरपालिका विज्ञ भैसकेको छ ।’ त्यसकारणले अभियान कै रुपमा अगाडि बढ्ने नगर प्रमुख आचार्यले बताउनुभयो ।
    कोहलपुर नगरपालिकाले म्याद भित्र सार्वजनिक क्षेत्रमा राखिएका गिठ्ठी र बालुवा नउठाएपछि जफत गरेको छ । कोहलपुर नगरपालिकाको ४ को किरणनालाको दक्षिण तर्फको मैदानमा राखिएको गिठ्ठी र बालुवा उठाइएको हो ।
    जसमा डिल बहादुर बस्नेतको १ टिप्पर, दिपक बुढाको १ ट्रलि, यज्ञ डाँगीको १ टिप्पर, पदम पराजुलीको १ ट्रलि, टोप बहादुर खत्रीको १ टिप्पर र अन्य १ ट्रलि जसले नाम खुलाउन मानेन् । जफत गर्ने समयमा फिल्डमा रहेका डिल बहादुर बस्नेतले अरुको लहैलहैमा लागेर सार्वजनिक जग्गामा राखेको बताउनुभयो ।
    यहाँ १५÷२० टिप्पर भर्खरै राखेको हुँ तर केही दिनमै खालि गरिदिन्छु ।’ मलाई नगरपालिकाले जारी गरेको सूचना प्राप्त नभएकाले यहाँ स्टक माल रहेको उहाँको भनाई थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology