(Friday 30th of October 2026)
`

रेणुकालाई भेट्न अस्पतालमा  : मन्त्री अथक

  • सगरमाथा गन्तब्य
  • 7.9K
    SHARES

    काठमाण्डौं : युवातथा खेलकुदमन्त्रीमहेश्वर गहतराज (अथक) ले राष्टिूय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ ।
    एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहिबार बिहान बीएण्डबी अस्पताल पुग्नु भएका मन्त्री अथकले नगरकोटीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो ।
    प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री अथकले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताउनुभयो । उहाँले घाईतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता समेत जनाउनु भएको छ ।
    राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाईते भएकी रेणुकाको क्यारिकलबोन (ब्यूटी बोन) भाँच्चिएको थियो । मंगलबार साँझउनको शल्यक्रिया गरिएको थियो ।
    शल्यक्रिया पछि अस्पतालमै उपचार गराईरहेकी नगरकोटीलाई भेट्न मन्त्री अथक बिहिबार बिहान ललितपुरको बीएण्डबी अस्पताल पुग्नु भएको हो । उनलाई केही दिनमै डिस्चार्ज गर्ने तयारी गरीएको अस्पताल प्रशासनले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology