(Friday 30th of October 2026)
`

उपमहानगरपालिकद्धारा सफल व्यवसायीलाई नगद सम्मान

  • सगरमाथा गन्तब्य
  • 6.4K
    SHARES

    नेपालगन्ज  : साझेदारी विकास कार्यक्रम अन्तर्गत लघु कर्जा लिएर सफल हुँदै गरेका ब्यवसायीहरुलाई नेपालगन्ज उपमहानगरपालिकाले पुरस्कार सहित सम्मान गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा लघु कर्जा लिएर सफल हुँदै गरेका १७ जना ब्यवसायीहरुलाई मंगलबार पुरस्कार सहित सम्मान गरिएकोे हो ।
    लघु कर्जा लिएर सफल हुँदै गरेका ब्यवसायीहरुलाई नगर प्रमुख प्रशान्त विष्ट र वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोवीले सम्मान गर्नुभयो । साझेदारी विकास कार्यक्रम प्रभावकारी देखिएको बताउँदै नगर प्रमुख विष्टले उपमहानगरको प्राथमिकतामा परेको बताउनुभयो ।
    उहाँले सानो लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने भएकाले उपमहानगरले यसलाई निरन्तरता दिने बताउनुभयो । वडा नम्बर २० का वडा अध्यक्ष धोवीले नागरिकताको भरमा नगरभित्र करिब चार करोड लगानी गरिएको भन्दै यो देशमै नमूनायोग्य काम भएको बताउनुभयो ।
    सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले नेपालगन्जकों वडा नं २० मा हालसम्म यो कार्यक्रम सञ्चालन गरिएको भन्दै २० हजार देखि दुईलाख रुपियाँसम्म सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने गरिएको बताउनुभएको छ । उपमहानगरपालिकाले नियमित किस्ता र ब्याज बुझाउने, तोके अनुसारको ब्यवसाय सञ्चालन गर्ने ब्यवसायीलाई नगद ५ हजार रासीसहित सम्मान गरेको थियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology